नेशनल कलेज अफ इन्जिनियरिङको दाेस्राे सम्मेलन

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको ताल्छिखेल स्थित नेशनल कलेज अफ इन्जिनियरिङको द्रोस्रो इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पुष्कर ओलीको नेतृत्वमा २५ सदस्यीय मुल इकाई समिति चयन गरेको छ ।

जसमा उपाध्यक्ष हरि अर्याल, सचिव श्रीनारायण चौधरी, सहसचिव सन्जय श्रेष्ठ र कोषाध्यक्षमा युवराज खड्का रहेका छन् । त्यस्तै नेशनल कलेज अफ इन्जिनियरिङको इन्चार्जमा विस्वान्त पुलामीमगर चयन भएका छन् ।

सम्मेलनमा प्रमुख अथिति अखिल (क्रान्तिकारी) उपत्यका विशेष ब्युरो इन्चार्ज लोकेन्द्र बिष्ट गरेका थिए भने अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला अध्यक्ष विनोद लुइँटेलले सम्बाेधन गरेका थिए ।

प्रमुख अथिति उपत्यका विशेष ब्युरो इन्चार्ज बिष्टले कार्यक्रमलाई सम्बाेधन गर्दै हालकाे समग्र शिक्षा प्रणालीको समस्याकाे मूल कारण नै असफल दलाल संसदीय व्यवस्था रहेकाे र संसदीय व्यवस्थाले नेपाली जनताको समस्या कुनै पनि हालतमा हल गर्न नसक्ने बताउँदै त्यसको हल  वैज्ञानिक समाजवादी व्यवस्थाले गर्ने साेकाे नेतृत्व हाम्राे पार्टीले गर्ने दाबी गरे । उनले आजका दिनमा इन्जिनियरिङ शिक्षामा देखिएका तमाम समस्याहरुको हल यो राज्यकाे शिक्षा प्रणालीले गर्न नसक्ने औल्याउदै अब सम्पूर्ण युवा विधार्थीहरु वैज्ञानिक शिक्षा प्राप्तिका लागी अबकाे क्रान्तिमा होमिनु पर्ने पनि बताएका छन् ।

त्यस्तै अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाका अध्यक्ष बिनोद लुइँटेलले वर्तमान शिक्षा प्रणालीमा देखिएका समस्याको चिरफार तथा यसको हल  समाजवादी क्रान्तिबाहेक अरुबाट हुन नसक्ने जिकिर गरेका छन् ।
नारायण बिसी अध्यक्षता, विस्वान्त पुलामीमगरको सञ्चालनमा पुष्कर ओलीले स्वागत मन्तब्य राखेका थिए ।

२०७५ माघ २२ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :