केपी-प्रचण्डका ७५ जना नेता-कार्यकर्ता विप्लवतिर

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कालीकोटमा पनि तीव्रताका साथ अगाडि बढाएको छ । यसैक्रममा केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको लहर देशैभरी चलिरहेको छ । अभियानको क्रममा कालीकोटमा लङ्कबहादुर बुढाको नेतृत्वमा ७५ जना केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्र्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सोमबार प्रवेश गरेका हुन् । उनीहरूलाई नेकपा नेता हितमानले अविर लगाएर स्वागत गरेका थिए ।

२०७५ माघ २१ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :