Ncell विरुद्ध आन्दोलनमा हस्तक्षेप/एक दर्जन विद्यार्थीहरु गिरफ्तार

 

काठमाडौं : Ncell ले गरेको ७२ अर्ब करछलि र अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई रिहाइको माग गर्दै सो संगठनले विरोध प्रदर्शन गर्ने क्रममा काठमाडौं र काभ्रेमा ब्यापक प्रहरी हस्तक्षेप भएको छ ।

 

उक्त संगठनका पुर्वी ताम्सालिङ ब्युरो संयोजक तथा केन्द्रीय सचिवालय सदस्य मुकुन्द श्रेष्ठ, काभ्रेका जिल्ला अध्यक्ष रविन चौलागाई लगायतल विद्यार्थीहरुलाई काभ्रे जिल्लाबाट गिरफ्तार गरेको छ भने काठमाण्डौं जिल्ला उपाध्यक्ष गोविन्द बिष्ट लगायत एक दर्जन विद्यार्थीलाई काठमाडौंको मनमैजु चोकबाट गिरफ्तार गरेको संगठनको महासचिव प्रकाश शाहीले बताउनु भएको छ ।

शाहीले गिरफ्तारीको घोर भत्र्सना गर्दै निर्दोष संगठनका केन्द्रीय कोषाध्यक्ष लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको यथासिघ्र रिहाईको मागसमेत गरेका छन् ।

अखिल (क्रान्तिकारी)ले रास्ट्रियता, जनजिवीका र एनसेलले गरेको ७२ अर्ब करछलि विरुद्धमा देशभरी प्रदर्शन गर्दै आइरहेको छ ।

२०७५ माघ २१ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :