नेकपाको जनकपुरमा अभियान तीव्र

जनकपुर : नेकपाद्धारा माघ १ गतेदेखि शुरु गरिएको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान–२, जनकपुर व्युरोका तल्लो महाभारतको सुनकोशी र गोलन्जोर गाउपालिकामा अभियान तिव्र भएको छ । अभियानकी कमाण्डर तथा पिविएम उमा भुजेल “शिलु”ले दिएको जानकारी अनुसार २ सय ५० स्थानमा भित्ता लेखन, १ सय ५ वटा सङ्गठन, ८ सय ५ वटा सदस्य वितरण, ८ वटा पार्टी आवेदक र २ जना पूर्णकालिन सदस्य निर्माण भएको बताएकी छन् । त्यसक्रममा गोलन्जर गा.पा.का रानीचुरा, धुरडाँडा, फुङ्से, दमैडाँडा, हैवार, डाउन्ने ठुलोसौर्य र सुनकोशी गाउपालिकाको दोभानडाँडा पुरै गाउँ नेकपामा प्रवेश गरेका छन् ।

अभियान टोलीले घर–घर, टोल–टोलमा अन्तरक्रिया, छलफल, पिढी सभा गरिरहेको छ भने अभियानको मुख्य लक्ष्य सङ्गठन विस्तार र सुदृढीकरण भएकोले आफूहरु सोही विषयलाई केन्द्रमा राखेर ५ वटा टोलीहरू परिचालन भएको टोली कमाण्डर शिलुले बताईन । उनले भनिन् गोलन्जर, दमैडाँडाबाट सुविक्षा नेपाली पूर्णकालीन कार्यकर्ता भएकी छन् । छोरीलाई पार्टीमा पूर्णकालिन कार्यकर्ता बनाएर शिलुको जिम्मामा छोड्दै सुविक्षाकी आमा सिता दमैले भाव–विभोर हुँदै भनिन् “हामी सधै कति दबिएर बस्नु, छोरीले राम्रो गर्नुपर्छ । राम्रो गरेर देखाउनुपर्छ । छोरी घरबाट गए पनि आमा भन्दा असल, ठुलो दिदीको साथमा गएकी छ । म खुशी छु । छोरी क्रान्तिमा गएपछि हामीलाई कसैले हेप्ने छैन ।” अभियान टोलीहरुले १५ दिनमा ३ वटा श्रमदान गरेका छन् । सुनकोशी–२, हायुवस्तीमा माघ १२ गते प्रकाश हायुको घर निर्माण ग¥यो । त्यसै गरी माघ १० गते गोलञ्जर धुरडाँडा निवासी एकल महिला अम्बिका बस्नेतको जैविक मल बोकेर पाखा–बारीमा छर्ने काम अभियान टोलीले ग¥यो । सो श्रमदानमा अभियानका कमाण्डर तथा पिबिएम उमा भुजेल शिलु सहभागी थिइन । माघ १४ गते टोली नेता नयनको टोलीले सुनकोशी–४, डाँगी निवासी नविन नेपालीको घर निर्माण ग¥यो । उनी गाउँकै सबै भन्दा गरीब भएकोले सो परिवार छनौट गरेको बताइएको छ । एकल महिलाको घरमा श्रमदान गरेपछि बस्नेतले “यो मात्रै दुःखीको साथी पार्टी रहेछ” भनिन् । छाप डाँडाका एक जना जेष्ठ नागरिकले “तपाईहरु चुनाव अगाडि नै आउनुपथ्र्यो । ढिलो भयो । चुनाव अगाडि आएको भए हामी पनि वहिष्कार गथ्र्यो” एकल महिलाको मल बोकेको हेर्दै भनेका थिए ।

माघ १९ गते गोलन्जर गाउपालिका, डाउन्नेमा अमर, मौसम र रोहित नेतृत्वको ३ वटा टोलीको आवधिक समीक्षा तथा प्रशिक्षण सम्पन्न भएको सिन्धुली सेक्रेटरी तथा अभियान कार्यालय सचिव दिनेश सारुले बताएका छन् । अभियान टोली कमाण्डर तथा पिविएम उमा भुजेल शिलुले प्रशिक्षण दिएकी थिईन । टोली लैङ्गिक दृष्टिले समावेशी नहुनु समस्या भएको र पुरै गाउँ सङ्गठित हुनु, सरकारको कर वृद्धिले जनता पिडित हुनु, सरकारप्रति जनआक्रोस, गरीब जनता पिडित हुनुले सरकारप्रति जनआक्रोस, गरीबको पार्टी भनेर स्थापित हुनु र वैज्ञानिक समाजवादी सत्ताप्रति जनआर्कषण बढ्नु अभियानको सफलता ठानिएको छ । त्यसअघि शशी र अमर नेतृत्वको टोलीको समीक्षा तथा प्रशिक्षण टोली नेता तथा पिबिएम उमा भुजेल शिलुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रशिक्षण र आवधिक समीक्षापछि अभियान अझ प्रभावकारी हुने ठानिएको छ । अभियान टोलीले गाउँ गाउँमा प्रचार र अखबार तथा प्रकाशनसमेत वितरण गरेर व्यापक जनजागरण निर्माण गरिरहेको छ ।

२०७५ माघ २१ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :