नेकपाका नेता सन्देश पौडेलका पिताको निधन, महासचिव विप्लवद्धारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलका बुबाको निधनप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । शनिबार बेलुका शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलका पिता भुवानीप्रसाद पौडेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भावविह्वल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलका बुवा भुवानीप्रसादको शनिबार दिउँसो चितवनस्थित कान्छा छोरा टुकनारायण पौडेलको घरमा ७० बर्षको उमेरमा निधन भएको हो । मृतक भुवानीप्रसाद पौडेल तत्कालीन नेकपा (चौम)का चितवन जिल्लाको संस्थापक सदस्य र पछि चार पार्टीको एकतापछि बनेको चितवनको जिल्ला सदस्य थिए । २०४८ सालको चुनावमा संयुक्त जनमोर्चाको तर्फबाट बगौडा गाविसको अध्यक्ष निर्वाचित भएका पौडेल पछिल्लो समय घाटीको क्यान्सरबाट पीडित थिए । उनको जन्म २००५ साल मङ्सिर ३० गते स्याङ्जा जिल्लाको दरौँ गाउँमा भएको थियो ।


२०७५ माघ १९ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :