कालीकोटमा नेकपाको अभियान

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान  २ कालिकोटमा घनिभूतरुपले अघि बढिरहेको छ । अभियानको अवधिमा कालीकोटको रकुगाउँमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सङ्गठन शनिबार निर्माण भएको छ ।

नेकपा जिल्ला सेक्रेटरी किरण, गाउँ समितिका संयोजक सेवक र युवा सङ्गठन नेपाल कालीकोटका जिल्ला सदस्य आत्मा क्षेत्रीको उपस्थितिमा  बालपुरा तिरुवाको अध्यक्षतामा १८ सदस्यीय महिला गाउँसमिति गठन गरिएको हो ।

२०७५ माघ १९ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :