सरकारको संरक्षणमा दलाल तस्करहरु : नेता पौडेल

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार छत्रदेव गाउँपालिकाको वडा न ६ र ७ मा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ लाई तीव्रता साथ अगाडि बढाएको छ ।

शुक्रबार ठूलापोखरामा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलले नेपालमा व्यापक मात्रामा भ्रष्ट्राचार अनियमितता र बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गए पनि सरकार मौन रहेको बताउँदै सरकार सञ्चालकहरुले नै दलाल, बलात्कारी र भ्रष्टाचारीको संरक्षण गरेको बताए ।

जनताका दुश्मनहरुलाई जनताको जनसरकारले कारबाही गर्ने बताउँदै नेता पौडेलले तस्करहरुको फाइल खडा भैरहेको र नेपाली जनताले अनुसन्धान पछि कारबाही गर्ने बताए ।

कार्यक्रममा नेकपाका अर्घाखाँची जिल्ला इन्चार्ज कमल केसी, जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेल, गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहलगायतका नेताहरु वक्ता थिए । कार्यक्रममा लुम्बिनी व्युरो सदस्य सामना, सुनिल चौधरी, गुल्मी सेक्रेटरी खेम खड्कालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपाले जभेटघाट, कोणसभा, पिढीसभा, भित्तेलेखनलाई निरन्तरता दिएको र अभियान निरन्तर रुपमा चल्ने अभियानकर्मी शंकर शाहीले बताए । कार्यक्रमको सञ्चालन बालकृष्ण भलामीले गरेका थिए ।

२०७५ माघ १९ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :