सल्यानको श्रीनगरमा जनसभा

सल्यान : सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा रहेको नेकपाले सल्यानको श्रीनगरमा जनसभा सम्पन्न गरेको छ । सभालाई नेपाल ककम्युिनस्ट पार्टीका केन्द्रीय सदस्य तथा अभियान टोलीका प्रमुख चिरन पुन र नेकपा निकट युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीले सम्बोधन गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले दलाल, कालोबजारीयाहरु र भ्रष्ट्राचारीहरुमाथि जनताले कारबाही गर्ने दाबी गर्दै एनसेलले राज्यलाई कर तुरुन्त बुझाउनु पर्ने बताएका थिए । कार्यक्रममा नेकपाका दैलेख इन्चार्ज विवेक र सल्यान इन्चार्ज विश्व अतिथिको रुपमा उपस्थित थिए । अनेमसङ्घ(क्रान्तिकारी)की हेमन्ताको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सल्यानका जनसरकार प्रमुख मोहन केसी टाईगरले स्वागत मन्तव्य राखेका थिए । 

२०७५ माघ १९ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :