अखिल(क्रान्तिकारी)ले गर्‍यो चरणबद्ध आन्दोलन घोषणा

काठमाडौँ : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर क्रान्तिकारीले आन्दोलनका कार्यक्रम चरणबद्ध घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले शुक्रबार रिर्पोटस क्लवमा एक पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
 पत्रकार सम्मेलनमा अध्यक्ष चिरन्जीवी ढकाले हस्ताक्षेरित विरण गरिएकाे प्रेस विज्ञप्तिमा २०७५ माघ १८ गते पत्रकार सम्मेलन गर्ने, २०७५ माघ २० गते प्रत्येक क्याम्पस/शैशिक संस्थामा विरोध प्रदर्शन गर्ने, २०७५ माघ २१ गते प्रत्येक जिल्लामा विरोध र्याली तथा कोणसभा गर्ने, २०७५ माघ २३ गते देशब्यापी मशाल जुलुस गर्ने र २०७५ माघ २४ गते देशब्यापी शैक्षिक आमहड्ताल गर्ने उल्लेख गरेका छन् ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार बेलुका विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७५ माघ १८ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :