दुई महिने अभियानमा मजदुरहरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको संगठन सुदृढिकरण तथा बिस्तार अभियानमा सो पार्टी निकट मजदुर संगठनले पनि संगठन गठन पुर्नगठनलाई तिव्र बनाएको छ । अखिल नेपाल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघले काठमाडौं, ललितपुर र भक्तपुरमा संगठन निर्माण गरिरहेको बताएको छ । यातायात मजदुर संगठनले काठमाडौं र भक्तपुरमा संगठन बिस्तार गरेको छ भने, निर्माण मजदुर संघले धमाधम इकाई गठन गरिरहको जानकारी दिएको छ । सो संगठनले यसै साता काठमाडौं जिल्ला सम्मेलन गर्ने बताएको छ । यसका साथै धेरै ठाँउमा यातायात र अटो मजदुरहरु पनि संगठित बनेका छन् मजदुर महासंघका काठमाडौँ जिल्ला अध्यक्ष नारायण तोलांगीले बताए अनुसार मजदुरहरु बैज्ञानिक समाजवाद स्थापनाको उदेश्य लिएको पार्टी नेकपाप्रति आशावादी रहेको बताएका छन् । अभियानको अवधीमा यातायात, निर्माण र अटोमजदुर संघले बिभिन्न तहका भेला सम्मेलन सम्पन्न गर्ने बताएको छ ।

२०७५ माघ १८ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :