जनतालाई युद्ध लडाएर शहरमा महल बनाउने नेताहरुका खुट्टा काटिन्छ : पुन

सल्यान : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ले नेपालको राज्यसत्तामा बसेकाहरु जनता लुट्नलाई बसेको बताएका छन् । सिंहदरबार जस्तै जिल्ला जिल्लामा पनि सिंहहरु लुट्न बसेको बताएका छन् ।
पार्टीको सुदृढीकरण तथा संगठन अभियान अन्तरगत सल्यानको सदरमुकाम खलंगामा बोल्दै नेता पुनले सरकार ठेगेदार भएर जनतालाई लुट्न लागेको बताएका हुन् ।

उनले भने– “अहिलेको राज्य व्यवस्थाले जनता लुटिरहेको छ । हिजोदेखि काँग्रेस र एमालेले जनतालाई लुट्दै आएका थिए, जनयुद्ध लडेको माओवादी पनि अहिले आएर लुट्न थालेको छ”

उनले सबैभन्दा धेरै जनयुद्ध लडेको माओवादी माथि आक्रोश पोखेका छन् । हिजो युद्ध लड्दा पार्टीमा सबै सम्पती बुझाई चप्पल लगाएर राजनीति गरेका नेताको आज कसरी शहरमा महल बने भेनर उनले प्रश्न गरेका छन् ।
आफै जवाफ दिदै उनले भने– “सबैभन्दा धेरै अहिले सत्तामा भएका हिजोका माओवादीले भ्रष्टचार गरेका छन् , त्यसैले उनका महल बनेका हुन् ।”

जनताको विकासका लागि राजनीति भन्दै युद्ध लडेर सत्तामा पुगी ठुलो भ्रष्टचार गरेको उनको आरोप छ । प्रचण्ड–बाबुराम युद्ध मैदान छोरडेर भागेको भन्दै आफुहरुले त्यसको अविभारा पुरा गर्ने उनले बताए ।
१० बर्षे युद्धमा तत्कालिन माओवादीले कब्जा गरेका घरजग्गा कसैलाई बेचेर खाने अधिकार नभएको भन्दै उनले आफ्नो पार्टीको नाममा रहने बताएका छन् ।

अब सबैभन्दा पहिले आफ्नो पार्टीले युद्ध लडेर शहरमा महल बनाउने नेताहरुका खुट्टा काट्ने उनले चेतावनी दिएका छन् । जनतालाई झुटो आश्वासन दिएर युद्ध लडाएको भन्दै उनले त्यसको हिसाव किताव गर्ने बताएका छन् ।

आफुहरुले राष्ट्रप्रेमी कर्मचारी, सेना–प्रहरी, राजनीतिक नेताहरुलाई राम्रो व्यवहार र सम्मान गर्ने नेता पुनले बताए । तर जनताका नाममा गद्दारी र लुटतन्त्र मच्याउनेलाई कारबाहीको निशानामा राखेको उनको भनाई छ ।

अबको युद्ध १० बर्षे जनयुद्ध जस्तो नहुँने उनले बताएका छन् । आफुहरुले पहिले जस्तो सेना–प्रहरीलाई आक्रमन नगर्ने भन्दै उनले सिधै राष्ट्रघाती र दलाल नेताहरुलाई आक्रमन हुने बताए ।  उनले भने– “हामीले जनसेना बनाएका छौँ, हतियार चलाउन सक्ने मान्छे बनाउका छौँ । तर हामी युद्ध गर्दैनौँ ।” सरकारले आफै युद्धतिर धकेल्न खोजेको उनको आरोप छ ।

जनसभालाई नेकपाका सल्यान इन्चार्ज विश्वले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन जिल्लाका डिसिएम टाईगरले गरेका थिए ।

२०७५ माघ १८ गते शुक्रबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :