विद्यार्थी नेता विकको गिरफ्तारी राष्ट्रियताको आन्दोलन कमजोर पार्ने षड्यन्त्र

 काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले गिरफ्तार गरेको विषयलाई लिएर नेकपाका नेताहरुले राष्ट्रियताको आन्दोलन कमजोर पार्ने षड्यन्त्र भएको बताएका छन् । उनीहरुले गिरफतार गरिएका विकलाई तत्काल रिहा नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।

नेकपाका पोलिट ब्युरो सदस्य एवं पूर्वी कमान्ड इन्चार्ज अनिल विहरीले विकको गिरफ्तारी रास्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भएको बताएका छन् । क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मालाई बिहीबार साँझ प्रहरीले विराटनगर विमानस्थलबाट गिरफ्तार गरिएपछि इरातोखबरसँग कुरा गर्दै विहरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता विरहीले भने ‘विद्यार्थी सङ्गठनले केही दिन अगाडि राष्ट्रियताको आन्दोलनलाई अघि बढाउन सिमानामा काँडेतार  लगाएको थियो भने ७२ अर्ब कर छली गर्ने एनसेल विरुद्धमा देशभरी प्रदर्शन गर्दै आइरहेको क्रममा विद्यार्थी नेतालाई गिरफ्तार गर्नु निन्दनीय छ ।’

गोली भेटीयो भन्नु नियोजीत षड्न्त्र : रवी
       यसैबीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का फ्रया्क्सन इन्चार्ज कृष्ण अधिकारी ‘रवी’ले नरेन्द्र विकलाई पक्राउ गरेको विषयलाई लिएर आपत्ती जनाउदै यो दलाल संसदवादी सरकारको षड्यन्त्र भएको बताएका छन् ।

उनले भने –‘विद्यार्थीहरुले शुरु गरेको राष्ट्रियताको आन्दोलन दबाउनको लागि र हाम्रो पार्टीप्रति बढिरहेको जनलहर कमजोर बनाउनको लागि गरिएको षड्यन्त्र हो । हाम्रा पार्टी समद्ध ब्यक्तिहरुको गिरफ्तारीले हाम्रो आन्दोलन कमजोर होइन की झन घनिभूत भएर अघि बढ्ने छ ।’

नेता रवीले थप भने ‘गिरफ्तार गरिएका नरेन्द्र विकको साथमा गोली भेटियो भन्नु यो सरासर वनावटी र कपोलकल्पीत षड्यन्त्र हो ।’

रिहा नगरे हाम्रो आन्दोलन अघि बढछ : ढकाल

        यसबीच अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले आफनो सङ्गठनको गिरफ्तारी आफनो आन्दोलन असफल बनाउने षड्यन्त्र भएको बताएकाछन् । अध्यक्ष ढकालले भने ‘हाम्रो सङ्गठनले कम्युनिस्ट विद्यार्थी अभियान लिएर देशैभरी जाँदा हजाराैँ युवाहरु र विद्यार्थीहरुको हाम्रो संगठन प्रति आकर्षन बढेको देखेर राज्य दमन अभियानमा लागेको हो ।

हाम्रो सङ्गठनप्रतिको जनलहर देखेपछि हाम्रो आन्दोलनलाई कमजोर पार्न र आतंकीत पार्नको लागि हाम्रा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको हो । हाम्रो सङ्गठनका कोषाध्यक्ष विकको तत्काल विनाशर्त रिहाईको लागि माग गर्दछु र यदि रिहा गरिएन भने आन्दोलन अघि बढनेछ।’

      बिहीबार अखिल (क्रान्तिकारी) झापाले आयोजना गरेको एनसेल विरुद्ध विरोध प्रदर्शन सकेर काठमाडाैँ  फर्कनेक्रममा विराटनगरको बिमान स्थलमा नरेन्द्र विकलाई प्रहरीले गिरफ्तार गरेको हो ।

२०७५ माघ १८ गते शुक्रकार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :