सल्यानमा नेकपाको जनसभा सम्पन्न

सल्यान : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको दुई महिने ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ सल्यानमा पनि तीव्र रुपमा अगाडि बढिरहेको छ । अभियानको क्रममा बिहीबार सल्यानको त्रिवेनी गाउँपालिकामा पर्ने लुहाममा जनसभा सम्पन्न भएको छ । सभालाई अभियानमा सहभागी नेताहरुले सम्बोधन गरेका थिए । नेकपाका केन्द्रीय सदस्य एवं सल्यान रुकुममा परिचालित अभियान टोलीका प्रमुख चिरन पुनको उपस्थितिमा सभा सम्पन्न भएको हो । गाउँपालिकाका सेक्रेटरी अर्जुनको सभापतित्वमा सम्पन्न कार्यक्रमा दैलेख इन्चार्ज विवेक, सल्यान २ नम्बर कमान इन्चार्ज टाइगर, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य एवं राप्ती इन्चार्ज हेमन्ता बुढाथोकी, अखिल (क्रान्तिकारी) सल्यान अध्यक्ष टंक केसी, सल्यान जिल्ला जनसरकार प्रमुख मोहन केसी, युवा सङ्गठनका सल्यान अध्यक्ष अमृत लगायत कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा सयौँ स्थानीय जनता सहभागी थिए ।

२०७५ माघ १७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :