बहत्तर अर्ब राजस्व नतिर्ने एनसेल विरुद्ध दाङमा प्रर्दशन

दाङ : सरकारलाई ७२ अर्ब राजस्व नतिर्ने एनसेल कम्पनी विरुद्ध युवा सङ्गठन नेपाल, दाङ र अखिल (क्रान्तिकारी) दाङले घोराहीमा बिहीबार प्रदर्शन गरेका छन् । एकीकृत जनक्रान्ति जिन्दावाद, भ्रष्टाचार विरुद्धको हाम्रो अभियान भन्ने नारासहित युवा र विद्यार्थीहरु घोराही शहीद चोकबाट जुलुससहित तुलसीपुर चोकमा पुगेर सभा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलक योगीले दलाल नेताहरुको मिलिमतोमा एनसेलले ७२ अर्ब कर नतिरेको भन्दै तुरुन्त कर तिर्न माग गरे । एक डेढ वर्ष पहिलेदेखि एनसेललाई झक्झक्याउदै आएको भन्दै अटेर गरे कम्युनिस्ट पार्टीले अर्काे संघर्ष गर्ने दाबी गर्दै दलाल पुँजीवाद र राष्ट्रघातीका विरुद्धको संर्घषमा साथ दिन राष्ट्रवादी,देशभक्तहरुलाई आह्वान गरे । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) दाङकी अध्यक्ष प्रितिमा चौधरीले गरेकी थिइन ।
२०७५ माघ १७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :