सिन्धुलीमा नेकपाको अभियान


सिन्धुली : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको दुई महिने ‘संगठन सुदृढिकरण तथा विस्तार अभियान २’ सिन्धुलीमा पनि तीव्ररुपमा अगाडि बढेको छ । अभियानको क्रममा बिहिबार सिन्धुलीको सुनकोसी गाउँपालिका दुई ओख्रेनीमा मगर मुक्तिमोर्चा नेपालको भेला सम्पन्न भएको छ । भेलाले ढलकबहादुर मगरको अध्यक्षतामा १० सदस्यीय गाउँसमिति गठन गरेको छ । जसको उपाध्यक्ष डोरबहादुर ट्याङ्लेमगर, सचिव वीरबहादुर ट्याङ्लेमगर र कोषाध्यक्ष खड्कबहादुर गुर्मछानमगर रहेका छन् । त्यस्तै सदस्यहरुमा सुर्य मगर, बलबहादुर बुर्जामगर, रामबहादुर मगर, पुर्णबहादुर सिजालीमगर, कृष्णबहादुर मगर रहेका छन् । भेलालाई १ र २ नम्बर अभियान टोलीमा सहभागी नेताहरुले प्रशिक्षण दिएका थिए ।
२०७५ माघ १७ गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :