सरकारले एनसेललाई कर नतिराए जनसरकारले तिराउने

अर्घाखाँची : अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार ऐनसेलको करछली र भ्रष्टाचार विरुद्ध सदरमुकाम सन्धिखर्कमा बिहिबार विरोध प्रर्दशन गरेको छ । विरोधसभा सम्वोधन गदै विद्यार्थी नेता नविन खड्काले सरकारले साना व्यावसायी र जनतालाई कर तिराउने तर विदेशी कम्पनी ऐनसेल र ठूला कम्पनीलाई कर तिराउनुको सट्टा सरकारका सञ्चालकले कमिशन लिएर छुट दिने गरेकाले यसलाई निरन्तरता दिए जनताको जनसरकारले कार्वाही गर्ने चेतावनी दिएका छन् । सरकारलाई जतिसक्दो छिटो कर बुझाउन आग्रह गरेका छन् । विरोध सभामा बोल्दै क्रान्तिकारीका पूर्व अध्यक्ष कुलराज बन्जाडे, जिल्ला अध्यक्ष विष्णु राउत लगायतका वक्ताले कार्यक्रममा मन्तव्य राख्दै सरकारलाई ऐनसेलले कर नतिरे ७७ वटै जिल्लाहरुमा एनसेलमाथि कार्वाही हुने चेतावनी दिए । विरोध प्रर्दशनमा सर्बसाधारण र विद्यार्थीको उल्लेखनीय सहभागितो थियो ।

      यसैगरी अखिल क्रान्तिकारीले लुम्विनी व्युरोका ७ वटै जिल्लामा विरोधसभा सम्पन्न गरेको छ । विरोधसभालाई कपिलबस्तुमा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रुपा बूढा मगर, रुपन्देहीमा केन्द्रिय सदस्य तथा अध्यक्ष रमेश गैरे, नवलपरासीमा अध्यक्ष शारदा भण्डारी, गुल्मीमा बिकल्प खत्री, पाल्पामा मुक्ति गैरे लगायतले सम्बोधन गरेको समाचार छ ।
२०७५ माघ १७ गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :