तुरुन्त रिहा नगरे डटेर प्रतिवाद गर्छौ : प्रकाण्ड, प्रवक्ता नेकपा

prakanda 1काठमाडौं/जेठ २५, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले विहिबार एक विज्ञप्ति प्रकाशित गर्दै गिरफ्तार कमरेडहरुको स–सम्मान तुरुन्त रिहाइको जोडदार माग गर्नुका साथै यथाशक्य रिहा नगरिए पार्टीले संघर्षको मोर्चाबाट यसको प्रतिवाद गर्नेे र त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार देउवा सरकारको गृह प्रशासन हुने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ– प्यूठान जिल्लामा पार्टी कार्यक्रमबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज क.सुवास, केन्द्रीय सदस्य क.असल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द र जिल्ला सेक्रेटरी दधिराम सुवेदीलगायतका कमरेडहरुलाई देउवा सरकारको गृह प्रशासनले सपथ खाएकै दिनमा गैर कानुनी गिरप्तार गरी सदरमुकाम खलंगा प्रहरी हिरासतमा राखेको घटनाले हाम्रो पार्टी आक्रोशित भएको बताउनु भएको छ ।

विज्ञप्ति सहित

CPN press statement 2074-02-25

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :