अध्यक्षलाई रिहाई नगरे कडा प्रतिरोध : उपाध्याय

काठमाडौँ /जेठ २५, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायले आफ्नो संगठनको अध्यक्ष बन्दु लगायत गिरफ्तारी गरिएका नेता, कार्यकर्तालाई तुरुन्त विना सर्त तत्काल रिहाई नगरे राज्यविरुद्ध कडा प्रतिरोध गर्ने बताएकी छन् ।

महासचिव उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गरेर संगठनको कामको सिलसिलमा प्युठानमा सामान्य छलफल गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको घटनप्रति संगठनको ध्यानाकर्षण भएको बताएकी छन् । उपाध्यायले लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिक मौलिक अधिकारको गम्भीर उल्लंघन गरेको बताएकी छन् ।

‘कथित लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लंघन गरी दैशैभरि हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, सर्वसाधारणलाई समेत पञ्चायती शैलीमा दमन, धरपकड र गिरफ्तार गरिएको छ । यो घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति सिहत

mahila press-stat.

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :