मानव अधिकारकर्मीद्वारा गिरफ्तारीको विरोध

subas–bandhu–chandraअम्बिका चन्द /काठमाडौं:जेठ २५, कुनै शसस्त्र गतिविधिविना नै राजनैतिक काम कारवाहीमा लागिरहेको बेला विनाकारण नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पक्राउ गरिएको प्रति मानव अधिकारवादीहरुले विरोध जनाएका छन् ।
बुधबार प्यूठानबाट नेकपाका नेता–कार्यकर्ताहरु गिरप्तार गरिएपछि जिल्लाका मानव अधिकारकर्मीहरुले यस्तो विरोध गरेका हुन । उनीहरुले शान्तिपुर्ण कार्यक्रमगर्न पाउनु हरेक व्यक्ति संस्था र राजनैतिक पार्टीको अधिकार भएको भन्दै विनाकारण गिरफ्तार गर्ने सरकारी रवैया गलत भएको बताएका छन् । सबै तिरबाट विरोध भएपछि गएराती ११ वजे पत्रकार हरि भण्डारी र एक जना ड्राइभरलाई छोडिएको छ ।

बुधबार दिउसो प्यूठानको तिरामबाट नेकपाकातिन केन्द्रीय सदस्य सहित एक दर्जन नेताकार्यकर्ता जिल्ला समितिको बैठक बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो । अहिले बन्धु चन्दलाई इलाका प्रहरी कार्यालय बिजुवार र अरुहरुलाई जिल्ला प्रहरी कार्यालय खलंगामा राखिएको छ । पार्टीको आन्तरिक बैैठक बसिरहेको अवस्थामा विना कुनै सुचना र कारण विना नै उनीहरुलाई गिरफ्तार गरिएको हो । पक्राउ पर्नेहरुमा नेकपाका राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाठा ‘शुवास’, केन्द्रीय सदस्य चन्द्रबहादुर खडका र अर्का केन्द्रीय सदस्यएवं अनेमसंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द हुनुहुन्छ । यस्तै प्यूठान जिल्ला सेक्रेटरी ददिराम सुवेदी, अखिल क्रान्तिकारीका प्यूठान अध्यक्ष यानकी पुन, नेकपाका जिल्ला सदस्यहरु गोन्जालो, परिवर्तन, अजयलगायतका हुनुहुन्छ ।
यसैबीच गत बैशाख १९ गते पक्राउ गरिएका रुकुमका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा लगायत १९ जनालाई रिहाई गरे लगत्तै पुनपक्राउ गरिएको छ । बुधवार नै अन्य थप तीन जनालार्इ पनि पक्राउ गरिएको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :