ऐनसेलले सरकारलाई कर नतिरे ध्वस्त पाछौ : नेता खड्का


अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय कार्यक्रम अनुसार ऐनसेलको कर छलीको विषयलाई लिएर विहीबार अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा विरोध सभा सम्पन्न गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता नविन खड्काले ऐनसेलले नेपालमा कर नतिरे ७७ बटै जिल्लामा रहेका ऐनसेल टावर ध्बस्त पार्ने चेताबनी दिदै ५५ बटै जिल्लामा जनकार्यबाही पहिले पनि भएको र अब पनि नेपाल सरकारलाई तिर्नु पर्ने कर ७२ अर्ब नतिरे त्यसको हिसाब किताब छिटै नै हुने बताउदै अखिल (क्रान्तिकारी)ले सिमानामा लगाएको काँडे तार सरकारले भत्काउनु दुःखद भएको बताउँदै देशको रक्षाकोलागि सम्पूर्ण मुक्तिगामी प्रगतिशील बिद्यार्थी एक हुनुपर्ने बताएका थिए भने कार्यक्रम सञ्चालन जिल्ला अध्यक्ष विष्णु राउतले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको पनि बताइएको छ ।

२०७५ माघ १७ गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :