केपी ओलीको सुरक्षा गर्ने भन्दै विद्यार्थीमाथि लाठीचार्ज

झापा : राज्यलाई तिर्नुपर्ने कर छली गर्ने एनसेललाई सरकारले कार्वाही गर्नुको सट्टा एनसेल हर्कतको बिरुद्ध आन्दोलन गर्ने विद्यार्थीमाथि राज्यले दमन गरेको छ । बिहिबार झापाको दमकमा अखिल क्रान्तिकारीको आयोजनामा एनसेलले सरकारलाई तिर्नु पर्ने ७२ अर्व कर छली गरेको बिषयलाई लिएर विरोध प्रदर्शन गरिरहेकोबेला प्रहरीले हस्तक्षेप गरेको हो । झापाका विभिन्न क्याम्पसहरुबाट आएका हजारौं विद्यार्थीहरु दमक बहुमुखी क्याम्पसमा जम्मा भै बिरोध प्रदर्शन सुरु गरेको बेला विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले रोक लगाएको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले बिधार्थीहरुको शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्दै लाठीचार्ज गरेको छ । प्रधानमन्त्री केपी ओली दमक आउने कार्यक्रम रहेकोले सुरक्षाको लागि भन्दै हस्तक्षेप गर्नुपरेको प्रहरीको भनाई छ ।
       प्रहरी हस्तक्षेपका बाबुजुद पनि बिधार्थीहरुले प्रदर्शन गरेका छन् । प्रर्दशन पछि आयोजति कोण सभालाई क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै विकले एनसेलले तिर्नु पर्ने ७२ अर्ब नतिरे एनसेलका सबै टावरहरु ध्वस्त गरिदिने बताए । बिद्यार्थीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमाथी प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले उखान टुक्के केपि ओलि दमक आउँदा जनताको बोलिमाथी बन्देज लगाएर पञ्चायतीशैली देखाएको भन्दै त्यसको विरोध गरे । कार्यक्रममा नेकपा झापाका जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, बिद्यार्थीका ब्युरो संयोजक गणेश कार्की, अखिल क्रान्तिकारी झापाका अध्यक्ष संजय राई लगायत नेकपाका नेता कार्यकर्ता र स्थानिय जनताको समेत उपस्थिती रहेकोथियो । एनसेलले नेपाल सरकारलाई तिर्नु पर्ने पँुजिगत लाभकर ७२ अर्व नतिरे पछि यसको चौतर्फी बिरोध हुँदै आएको छ ।

झापाको दमकमा गरिएको विरोध प्रर्दशनका केही तस्वीरहरु

 

 

२०७५ माघ १७ गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :