अबको क्रान्तिमा महानगरको भूमिका निर्णायक हुनेछ

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीकी काठमाडौँ जिल्ला सेक्रेटरी अपेक्षाले अबको क्रान्तिको केन्द्र महानगरले निर्वाह गरेको भूमिका निर्णायक र ऐतिहासिक हुने बताइन् । पार्टीको महानगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अपेक्षाले त्यो ऐतिहासिक भूमिका निर्वाह गर्न सबै सदस्यहरूलाई निर्देशन पनि गरिन् ।
महानगर इन्चार्ज अविरलले क्रान्तिका लागि ऐतिहासिक भूमिका निर्वाह गर्न महानगरले आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताउँदै समितिका तर्पmबाट महानगरका लागि तयार पारिएको निर्देशिकाको व्याख्या गरेका थिए । चौतर्फी सङ्कटको हल भनेको चौतर्फी क्रान्ति हो भन्दै कार्यक्रमको अध्यक्षता गरेका अविरलले त्यसका लागि सबै आआफ्नो क्षेत्रबाट दृढतापूर्वक लाग्न जरुरी भैसकेको धारणा व्यक्त गरे । पार्टी केन्द्रले ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ भन्ने मूल नाराका साथ थालेको केन्द्रीय अभियानअन्तर्गत महानगरले उक्त अभियान तय गरेको थियो । कार्यक्रममा उल्लेख्य रूपमा पार्टी सदस्य र समर्थकहरू सहभागी थिए । मेट्रो सेक्रेटरी अङ्कितको सञ्चालन र विजयको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा महानगरका पाँचवटै अभियान टिमका कमान्डर र भीसीलाई प्रमुख अतिथि र अन्य अतिथिहरूद्वारा अभियान निर्देशिका र पार्टीको झन्डा हस्तान्तरण गरी जिम्मेवारीबोध गराइएको थियो । स्कुलिङ विभागबाट सफल, बुद्घिजीवी सङ्गठनबाट विश्व र युवा सङ्गठनबाट सुरक्षा वक्ता रहेको उक्त कार्यक्रममा जनवर्गीय सङ्गठनका विभिन्न तह र तप्काका नेताहरूको उपस्थिति रहेको थिय ।

२०७५ माघ १६ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :