सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा जनगणतान्त्रिक सम्पर्क मञ्च

      काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले नेकपाले सञ्चालन गरेको दुईमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत मङ्गलबार काठमाडौँमा भेला सम्पन्न गरेको छ । नुवाकोट काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको सातौँ भेलाले यमलाल तामाङलाई अध्यक्ष चयन गर्दै १७ सदस्यीय समिति गठन गरेको जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरले बताएका छन् । नारायण रिमालको सञ्चालनमा सम्पन्न भेलामा पूर्ण श्रेष्ठ र राजु कार्की उपस्थित थिए । रामशरण थापाले स्वागत मन्तव्य दिएका थिए ।
          त्यसैगरी जनगणतान्त्रिक सम्पर्क मञ्च १ नम्बर कमान्डअन्तर्गत रहेको ब्युरोको प्रथम बैठक काठमाडौँमा सम्पन्न भएको छ । उक्त ब्युरोका संयोजक तथा खेम प्रधानको अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि सङ्गठनका केन्द्रीय उपाध्यक्ष प्रभाकर उपस्थित थिए । जनगणतान्त्रिक सम्पर्क मञ्चले बर्दियामा दानबहादुर, सुर्खेतमा विवश, जाजरकोटमा केशव, बाँकेमा वसन्त र दैलेखमा खेम प्रधानलाई जिम्मेवारी दिएको छ ।

२०७५ माघ १६ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :