विद्यार्थीको भविस्यमा खेलवाड गर्ने विरुद्ध क्रान्तिकारीको विरोध

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले सर्लाहीको सुकेपोखरीमा रहेको श्री चतुरभूजेश्वर जनता मा.वि.मा ताला लगाएको छ । क्रान्तिकारीले उक्त विद्यालयको प्रशासन र प्राधानाध्यापकको कार्यकक्षमा ताला लगाएको हो । आइतबार अखिल (क्रान्तिकारी)का चतुरभूजेश्वर जनता मा.वि. इकाई समितिका अध्यक्ष सुमन अधिकारीले प्रेस विज्ञप्ति प्रकाशित गरी केही सिमित ब्यक्तिहरुले आफनो निहित स्वार्थको लागि विद्यार्थीको भविश्यमा खेलवाड हुने गरी चलखेल गरेको भन्दै विरोधस्वरुप विद्यालयमा तालाबन्दी गरिएको बताएका छन् । विज्ञप्तिमा उल्लेख गरिए अनुसार कक्षा १० को परिक्षा नजिकै आइरहेको बेलामा एस.ई.ई. परिक्षामा समेत असर पर्ने गरी विद्यालयबाट तीनजना शिक्षकलाई अन्यत्र सरुवा गरिएको छ । केही राजनैतिक पार्टीका ब्यक्ति र विद्यालय प्रशासनको मिलेमतोमा शिक्षक सरुवा गरिएको भन्दै क्रान्तिकारीले आक्रोस ब्यक्त गरेको छ ।

२०७५ माघ १४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :