जनकपुरमा संगठन सुदृढिकरण तथा विस्तार अभियान घनिभूत बन्दै


सिन्धुली : नेपाल कम्युनिस्ट पार्टीको संगठन सुदृढिकरण तथा विस्तार अभियान २ जनकपुर ब्युरोमा घनिभूत तरिकाले अघि बढिरहेको छ । जनकपुरमा परिचालित अभियान टोलीको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीकी पोलीट ब्युरो सदस्य उमा भुजेल ‘शिलु’ले गरिरहेकी छिन् । सो ब्युरो अन्तर्गत सिन्धुलीमा मात्र ५ वटा अभियान टोली परिचालित छन् । जस अन्तर्गत १ नम्बर टोलीको नयन, २ नम्बर टोलीको शशी राई, ३ नम्बर टोलीको रोहीत ढकाल, ४ नम्बर टोलीको मौसम र ५ नम्बर टोलीको अमर धमलाले नेतृत्व गरिरहेका छन् । अभियानको अवधीमा त्यस क्षेत्रमा सयौंको संख्यामा संगठन निर्माण गरिएका छन् । विभिन्न ठाँउमा भित्तेलेखन गरिनुका साथै ब्यापकरुपमा पर्चा वितरण गरिएको छ । अभियानमा सयौंको संख्यामा अगुवा कार्यकर्ता परिचालन गरिएको छ ।

२०७५ माघ १४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :