प्रचण्डका नेता-कार्यकर्ता विप्लवतिर

कैलाली : नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियानमा विभिन्न राजनैतिक पार्टीका नेता  कार्यकर्ता नेकपामा समाहित हुने लहर बढिरहेको छ । यसैबिच कैलालीमा पुर्व माओवादी केन्द्रका २१ जना नेता कार्यकर्ता  नेकपामा प्रवेश गरेका छन् । आइतबार जिल्लाको बर्दगोरिया गाउँपालिकामा भएको एक कार्यक्रम मार्फत उनीहरु नेकपामा समाहित भएका हुन् । सो पार्टीको केन्द्रीय कार्यक्रम अनुसार देशैभरी संगठन सुदृढिकरण तथा विस्तार अभियान २ चलिरहेको छ । उक्त अभियानको क्रममा देशैभरी विभिन्नखालका भेला, जनभेला, सभा, सम्मेलन, संगठन गठन तथा पुर्नगठन लगायतका कार्यक्रमहरु भैरहेको सो पार्टीका नेताहरुले बताएकाछन् ।

२०७५ माघ १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :