सल्यानको रागेचौरमा जनसभा सम्पन्न

 

   

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सल्यानमा परिचालित अभियान टोलीले जिल्लाकाे रागेचौरमा जनसभा सम्पन्न गरेकाे छ । सभामा सयौंको संख्यामा स्थानीय जनता सहभागी थिए । सभालाई नेकपाका केन्द्रीय सदस्य चिरन पुन र युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले सम्बोधन गरेका थिए । वक्ताहरुले आफनो पार्टीको लडाई दलाल र भ्रष्ट्रचारका विरुद्ध भएको स्पस्ट पार्दै आवश्यक परे जनमुक्ति सेना गठन गर्ने बताएका छन् । कार्यक्रममा दैलेख जिल्ला इन्चार्ज विवेक र सल्यान  इन्चार्ज विश्व अतिथि थिए । सागरको अध्यक्षतामा सम्पन्न सभाको संचालन गणेशले गरेका थिए । नेकपाले देशब्यापी संगठन सदृढिकरण तथा  विस्तार अभियान संचालन गरिरहेकाे छ भने सल्यानमा  केन्द्रीय सदस्य चिरन पुनकाे नेतृत्वमा अभियान चलिरहेकाे  छ ।

२०७५ माघ १३ गते आइतवार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :