वैज्ञानिक समाजवाद एक मात्र विकल्प : विरही

         झापा:नेपाल कम्युनिस्ट पार्टी झापाको जिल्ला स्तरिय राजनैतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न भएको छ । पार्टीका पिबिएम एंव पुर्वी कमाण्ड इन्चार्ज अनिल बिरहीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बिरहिले सहभागी झापाली नेता कार्यकर्ताहरुलाइ प्रशिक्षित गरेका थिए । पछिल्लो राजनीतिक घटनाक्रमको ब्याख्या गर्दै बिरहीले अहिलेको संसदीय सत्ता संकट र यसको समाधान अनिवार्य बनिसकेको परिस्थितिमा आफनो पार्टीले अगाडि सारेको बैज्ञानिक समाजबाद एक मात्र बिकल्प बनेर स्थापित भएको बताए । अहिलेको सत्ता संकटको चरमरुप समाजका सबैक्षेत्रमा देखीनथालेको र सत्ताधारी पार्टीकै नेताहरुले यो सत्ताको बिरोध गरेर हिडिरहेको प्रसङ्ग निकाल्दै नेता विरहीले भने ‘अब हाम्रा कुरा जो कोहिले बोलेर हिंड्ने अवस्था सिर्जना भएको छ । विरहीले आफ्नो पार्टीले अगाडि सारेको एकिकृत जनक्रान्ति कस्तो हुन्छ भन्ने बिषयप्रती कुनै अस्पस्टता नरहेको भन्दै यतिबेला आम नेपाली जनता आफ्नो कार्यदिशा वरिपरि गोलबन्द हुने अवस्था सिर्जना भएको बताए । नेता विरहीले अहिले पार्टीका कार्यकर्ताहरुले धेरै मिहेनत गरेर काम गर्नु पर्ने कुरामा जोड दिदै निकट भविस्यमै मुलुकमा ठुलो उथलपुथल हुने र त्यसको निम्ति तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यक्रमको अध्यक्षता नेकपा झापाका सेक्रेटरी सुमनसिंहले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सदस्य प्रविन मिश्रले राखेका थिए ।

२०७५ माघ १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :