भेनेजुएलामा गरिएको अमेरिकी हस्तक्षेप विरुद्ध नेपालमा प्रदर्शन


काठमाडौँ : भेनेजुयलामा गरिएकाे अमेरिकी हस्तक्षेपको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौँमा रहेको अमेरिकी दुतावास अगाडि नेकपा निकट जनवर्गीय संगठन र मोर्चाहरुको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीले अमेरिकाले प्राकृतिक स्रोत तथा साधन कब्जा गर्ने उद्देश्यले विश्वभरीनै स्वतन्त्र राष्ट्रहरुमाथि नांगो हस्तक्षेप गरिरहेको भन्दै भेनेजुयलामाथि पनि त्यही उद्देश्य लागि हस्तक्षेप गरेको बताए ।

नेता कार्कीले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको पनि बताएका छन् ।

उक्त विरोध कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले अमेरिकी साम्राज्यवादले विश्वभरी नै नाङगो हस्तक्षेप गरी स्वतन्त्र राष्ट्रहरुमाथि साम्राज्य कायम गर्ने उदेश्य राख्ने हो भने नेपालस्थित अमेरिकी दुतावासलाई उखेलेर फाल्ने चेतावनी दिए ।

ढकालले निकोलस मादुरोकोपक्षमा सम्पूर्ण नेपाली जनता रहेको बताए । उनले एउटा स्वतन्त्रता राष्ट्रमाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै संयुक्त राष्ट्रसंघले अमेरिकालाई कार्वाही गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका जनवर्गीय संगठन र मोर्चाका नेताकार्यकर्ताहरु र जनताको बाक्लो सहभागीता थियो । शनिबार मात्रै सो पार्टीको अन्तराष्ट्रिय विभागले प्रेस विज्ञप्ति जारी गर्दै भेनेजुयलामा अमेरिकाद्वारा गरिएको हस्तक्षेपको विरोध गरेको थियो ।

विरोध प्रदर्शन कार्यक्रमका केही तस्वीरहरू

     
२०७५ माघ १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :