आन्दोलनले सत्ता ध्वस्त पार्दैछ : पुन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाको मौलाहाल्ने बजारमा सभा सम्पन्न गरेको छ । सयौँको सङ्ख्यामा उपस्थित जनसमुदायलाई पार्टीका केन्द्रीय सदस्य चिरन पुनले सम्बोधन गरेका थिए ।

प्रमुख अतिथि पुनले आफ्नो पार्टीले भ्रष्टाचार र कालोबजारीका विरुद्ध सशक्त रूपमा सङ्घर्ष गर्ने बताउँदै अबको आन्दोलनले दलाल सत्तालाई ध्वस्त पारिछाड्ने दाबी गरे । नेता पुनले जनतालाई यो व्यवस्थाले शान्ति, सुरक्षा, समृद्धि र रोजगारी दिन नसक्ने भन्दै त्यसको विकल्प आफ्नो पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादी क्रान्तिले मात्र दिनसक्ने ठोकुवा गरेका थिए । उक्त कार्यक्रम दैलेख जिल्ला इन्चार्ज तथा अभियान टिम सदस्य विवेकले सञ्चालन गरेका थिए ।

२०७५ माघ १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :