शान्तिका लागि जनमुक्ति सेना आवश्यक : नेकपा

काठमाडौंँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनसुरक्षा विभागले नेपालमा बाँकी रहेको क्रान्तिको प्रक्रियालाई निरन्तर अघि बढाउनका लागि पूर्व जनमुक्ति सेना र बहिर्गमित जनमुक्ति सेनालाई जनमुक्ति सेना पुनर्गठन गरी अघि बढ्न अपिल गरेको छ । विभागद्वारा शनिबार जारी प्रेसविज्ञप्तिमा सुरक्षा विभागका सचिव अठोटले दस वर्ष जनयुद्ध लडेका बहिर्गमित जनमुक्ति सेना र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई विभिन्न तत्वहरूले उत्तेजित बनाउने गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाको अधिकारको हवाला दिँदै हरियो घाँस देखाउनेहरूले नै हिजो जनमुक्ति सेनालाई निःशस्त्र पार्न न्वारनदेखिको बल लगाएको उल्लेख गरेका छन् ।
साथै विज्ञप्तिमा जनयुद्धका कतिपय विशिष्ट घटनाहरूलाई लिएर त्यसमा मानवअधिकारको रङ भरी नेपालको सार्वभौमिकतामा हस्तक्षेप गर्नु क्रान्तिकारी आन्दोलनमाथिको चलखेल हो भनिएको छ ।

शान्तिप्रक्रियालाई वास्तविक शान्ति, अग्रगमन र आर्थिक–सामाजिक रूपान्तरणको बाटोमा तगारो हाल्नेहरूले नै सङ्क्रमणकालीन कानुनका नाममा देश र जनताका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै विज्ञप्तिमा देशलाई मुक्त गर्न एकीकृत जनक्रान्तिको बाटो हुँदै वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरिएको छ । विज्ञप्तिकाे पूर्णपाठ…..

 

२०७५ माघ १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :