युवा संगठन गुल्मीको अध्यक्षमा ढकाल, शिक्षक संगठन गुल्मीको अध्यक्षमा चौलागाईं, अबको क्रान्तिमा युवाको मुख्य भूमिका : सन्देश

 

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल गुल्मीले आफ्नो दोस्रो सम्मेलन जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न गरेको छ । सम्मेलनले कृष्ण डकालको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ ।
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलले नेपालमा निर्णायक क्रान्ति सन्निकटमा रहेको भन्दै त्यसको नेतृत्व एकीकृत जनक्रान्तिको कार्यदिशामा रहेर अहिलेको युवावर्गले गर्नुपर्नेमा जोड छन् । । उनले देशमा ५० लाखभन्दा धेरै युवा जनशक्ति पलायन हुनुको कारण राज्यसत्ताले युवाहरुलाई अवसर दिन नसक्नु रहेको बताउँदै समाजवादमा युवाहरुलाई क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम उपलब्ध गराउने समेत बताएका छन् । चिनियाँ क्रान्तिमा माओले येनानका युवाहरुलाई गरेको सम्बोधन सम्झदैं नेता पौडेलले आगामी क्रान्तिमा युवाहरुले देश र जनताको भविष्य सम्झीएर आफ्नो क्षमता देखाउनुपर्ने बताए ।
यस्तै सम्मेलनमा सम्बोधन गर्दै युवा संगठन नेपालका महासचिव सागर पुनले युवाहरुको काधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको बताएका छन् । हिजो युवाहरुले देखाएको पौरखले नै नेपालको ८० प्रतिशत भूभागमा क्रान्तिको झण्डा फैलाउन सफल भएको र अन्त्यमा नेतृत्वले घात गर्दा आफूहरुले पुन क्रान्तिको झण्डा समातेको सम्झदै अब भने निर्णायक क्रान्ति हुनेमा विश्वस्त रहन आग्रह समेत गरे ।

यस्तै कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले पनि युवाहरु नै समग्र समाजको प्रतिनिधी भएकाले अबको समाजवादी क्रान्तिमा युवाको सक्रियता महत्पपूर्ण हुने बताए ।

कार्यक्रममा जिल्ला सेक्रेटरी खिम खड्कालगायतले मन्तव्य राख्नुभएको थिए । कार्यसमितिमा कृष्ण ढकाल अध्यक्ष रहेको संगठनको उपाध्यक्षमा बाबुराम विक, सचिवमा रुद्र श्रीस, सहसचिवमा ढालेन्द्र नेपाली, कोषाध्यक्षमा नारायण पाण्डे गरी २३ सदस्यीय टिम बनेको छ । झण्डै २०० प्रतिनिधी पर्यवेक्षक रहेको उक्त सम्मेलनले युवा संगठनका विभिन्न कार्यक्रमहरु समेत ठोस गरेको बताइएको छ ।
त्यस्तै शनिबारै अखिल नेपाल शिक्षक संगठन, गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले देवराज चौलागाईंको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

२०७५ माघ १२ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :