तामाङलाई तत्काल रिहा गर्न नेकपा उदयपुरको माग

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले पार्टीका जिल्ला सदस्य पूर्ण तामाङको गिरफ्तारको घोर भत्र्सना गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी प्रशान्तले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन् । बुद्धिजीवी, मानवअधिकारवादी, नागरिक समाज, पत्रकारलगायत सम्पूर्ण जनसमुदायलाई संघर्षमा उत्रिन उनले आव्हान गरेका छन् । सम्म्बन्धीत पक्षले आफ्नो माग सुनुवाइ नगरे प्रतिरोध गर्ने विज्ञप्तिमार्फत प्रशान्तले चेतावनी दिएका छन् । तामाङलाई अभियानको पर्चा सहित माघ ११ गते गिरफ्तार परेका थिए । संगठन सुदृढीकरण तथा विस्तार अभियान २ को शान्तिपूर्ण कार्यक्रम गर्दै हिडिरहेको बेला बेलका नगरपालिका ३ बाट अभियान पर्चा सहित गिरफ्तार भएकाे थियो ।

 

२०७५ माघ १२ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :