पूर्वी कमान्डमा युवा भेला र प्रशिक्षण सम्पन्न, आगोसँग नखेल : अनिल विरही


काठमाडाैँ :  नेपाल कम्युनिस्ट पार्टीले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ चलाइरहेको बेला माघ १० गते पूर्वी कमान्ड स्तरीय ‘युवा भेला र प्रशिक्षण’ सम्पन्न भएको छ । नेकपाका पूर्वी कमान्ड इन्चार्ज तथा पिविएम अनिल विरहीले प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य निर्मलले गरेका थिए । प्रमुख अतिथि अतिथिले कार्यक्रमको उद्घाटन मन्तव्य राख्दै ‘सामाजिक दलाल सरकार र संसदीय व्यवस्थाले देशलाई चौतर्फी बरवादीतिर लगेको हुनाले वैज्ञानिक समाजवादी क्रान्ति अनिवार्य भएको’ जिकिर गरेका छन् । नेता विरहीले ‘पूर्वी कमाण्डसहित देशव्यापी जनजागरण अभियान चलिरहेको र देशमा क्रान्तिकारीहरु ध्रुवीकरण तीव्र भएको’ दाबी गरेका छन् ।

देश र विश्वको वस्तुगत अवस्था क्रान्तिको लागि अनुकुल बन्दै गएको र अध्यक्ष माओको शब्दमा क्रान्तिका तीन जादु हतियार पार्टी, सेना र संयुक्त मोर्चालाई सुदृढ गर्न देशव्यापी अभियान सञ्चालन गरेको नेता विरहीले बताएका छन् ।

नेकपाले एकीकृत जनक्रान्ति कार्यदिशामार्फत माक्र्सवादमा थप योगदान गर्ने प्रयास गरिरहेको दाबी गर्दै नेता विरहीले भी.आई.लेनिनको ‘हामी माक्र्सवादको सिद्धान्तलाई विल्कुल पूर्ण र अनुल्लंघनीय ठान्दैनौँ । यसको विपरित, हामी विश्वस्त छौँ कि माक्र्सवादले त्यो विज्ञानको जग मात्र हालेको छ, जसलाई समाजवादीहरुले, यदि उनीहरु जीवनमा पछि पर्न चाहँदैनन् भने चौतर्फी विकास गर्नुपर्छ’ भन्ने दार्शनिक मान्यताको स्मरण गरेका थिए । उनले कार्ल हेनरिक माक्र्सको क्रान्तिमा बल प्रयोग सम्बन्धी मान्यताको स्मरण गर्दै भने ‘हतियारका आलोचनालाई आलोचनाको हतियारले मात्र पराजित गर्न सकिन्न ।’

कार्यक्रमका अध्यक्ष तथा केन्द्रीय सदस्य निर्मलले युवाहरुलाई आफूहरु जनताको शासक नभएर सेवक बन्न निर्देशन दिएका थिए । सहिदहरुलाई श्रद्धाञ्जली गर्दै सुरु भएको सो कार्यक्रमको सञ्चालन नेकपाका युवा नेता जोखिम र स्वागत मन्तव्य साइरनले गरेका थिए ।
कार्यक्रममा नेकपाका नेताहरु प्रज्वल, संगित, माधव, पुष्प, डिपीलगायतले मन्तव्य राखेका थिए ।
कोसी ब्युरो संयोजक पुष्करले मन्तव्य राख्दै ‘संसदीय दलाल व्यवस्था र शाही सेनाले जनमुक्ति जनमुक्ति सेना हराएको थिएन । प्रचण्ड–बाबुरामको आत्मसमर्पणको कारण समस्या आएको हो । दलाल संसदीय व्यवस्थालाई चिहानमा पुर्न जनमुक्ति सेना नयाँ शिराबाट उदाएको कारण युवाहरुलाई युवाहरुलाई अरब लखेटेर त्यसबाट प्राप्त…….ले प्रचण्ड–वली गुटलाई मस्ती गर्न नदिने) आक्रोष व्यक्त गरेका थिए ।
कार्यक्रममा भीमप्रसाद गुरुङले
‘दिदी–बहिनी, दाजु–भाई मिली
यो देशलाई बनाउँ है झिल्मिली
दुःख नमान्नु, घटना पर्यो दुःख नमान्नु
शोषक, दलाललाई लेउदै जनताको सामु’
बोलको गीत गाएका थिए भने सुर्य दियाली (फेमस), भोलादेवी पाठक (दुर्गा)लगायत कविहरुले गजल वाचन गरेको सो ऐतिहासिक महत्वको भेला मोरङ जिल्लाको ग्रामिण भेगमा भएको प्राप्त समाचारमा जनाइएको छ ।

२०७५ माघ १२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :