सल्यानको फारुलामा जनसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सल्यानको फारुलामा जनसभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सभालाई नेकपाका केन्द्रीय सदस्य तथा सल्यान रुकुम अभियान टोलीका प्रमुख चिरन पुनले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै नेकपाका नेता पुनले आफनो पार्टीले संचालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियानको बारेमा चर्चा गरेका थिए । साथै उनले एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समादवाद स्थापना गर्ने आफनो पार्टीको अभियानमा साथ दिन जनतालाई अपिल गरे । कार्यक्रमलाई नेकपा दैलेखका इन्चार्ज रहेका  सल्यान रुकुम अभियान टोलीमा सहभागी विवेकले पनि सम्बोधन गरेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा नेकपा निकट युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली, नेकपाका सल्यान इन्चार्ज विश्व, सल्यान जिल्ला जनसरकार प्रमुख मोहन केसी लगायत अतिथिको रुपमा उपस्थित थिए । दार्मा गाउपालिका इन्चार्ज सन्तोष केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन टाइगरले गरेका थिए ।

२०७५ माघ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :