कालीकोटको मालकोटमा नेकपाको प्रशिक्षण

 

      कालीकोट : देशब्यापी संगठन सुदृढिकरण तथा विस्तार अभियान संचालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीको अभियान कालीकोटमा पनि तिव्ररुपमा अघि बढिरहेको छ । आइतबार नेकपा कालीकोटको आयोजनामा माल्कोटमा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा कालीकोटको अभियानटोलीमा रहेका बाग्लुङ जिल्ला सेक्रेटरी आकाश विशेष अतिथिको रुपमा सहभागी थिए । कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै प्रमुख अतिथि नविन विश्वकर्माले अहिलेको दलाल सत्ता परास्त गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सम्पूर्ण जनता एक हुनुपर्ने बेला आएको बताए । मालकोट गाउँसमितिका सेक्रेटरी अखडाको अध्यक्षतामा प्रशिक्षण सम्पन्न भएको कालिकोटबाट खड्क बिश्वकर्माले जनाएका छन् ।

२०७५ माघ ११ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :