कम्युनिस्ट आन्दोलन र इसाईकरणको समस्या

जसरी वर्गसङ्घर्षका हिमायती कम्युनिस्टहरूले कुनै धर्ममान्दैनन्, वकालत गर्दैनन् त्यसरी नै क्रिस्चियनहरूले कम्युनिस्ट विचारलाई रुचाउँदैनन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जसलाई पश्चिमा देशहरूले भरपूर सहयोग गरेका छन्उनीहरू पनि कम्युनिस्ट आन्दोलनका विरुद्धमा छन् । नेपालमा आइएनजीओहरूले राष्ट्रविरुद्ध जासुसी र इसाई धर्मको प्रचार गरेको जगजाहेर नै छ । आईएनजीओहरूले समानान्तर सरकार नै चलाइरहेका छन् । उनीहरू सरकारको नियन्त्रणभन्दा बाहिर छन् । गौरवशाली र महान् पार्टी भनिने नेपाल कम्युनिस्ट पार्टी र दुईतिहाइ बहुमत रहेको वामपन्थी सरकार पछिल्लोपटक संयोगवश होइन, सुनियोजित कार्यक्रमका कारण विवादमा परेको छ । सत्तारूढ नेकपाको कम्युनिस्ट आन्दोलन अब इसाईकरणमा फ्युजन हुन गएको छ । नेपालको राजनीतिक इतिहासमा यो एउटा गम्भीर दुर्घटना हो । यो दुर्घटनाले लुकेका सत्यको रहस्योद्घाटन गरेको छ ।

अहिले नक्कली वामपन्थी, अवसरवादी वामपन्थी राष्ट्रघाती, जनघाती र दलालहरू एकैसाथ निर्वस्त्र भएका छन् । नेपाली देशभक्त जनताले स्वतस्फूर्त रूपमा राजनीतिक मूलप्रवाहबाट सर्वाङ्ग भएका ती राजनीतिक शक्ति, व्यक्ति र तत्वहरूलाई पन्छाउन सक्नुपर्छ। तबमात्र नेपालमा विद्यमान सबैखाले बेथिति र भ्रष्टाचार समाप्त हुन जानेछ । १० बर्से जनयुद्धबाट उठेका नेता र पूर्वएमाले नेताहरूको लगनगाँठोहालै सम्पन्न एसिया प्यासिफिक समिट २०१८ नेपालले चुँडालिदिने देखिन्छ । केपी ओली नेतृत्वको सरकार पनि धरापमा परेकोे छ । विवादित सम्मेलनले धार्मिक द्वन्द्व र राजनीतिक द्वन्द्वको बीजरोपण गरेको छ । स्थायित्व, समृद्धि, नयाँ नेपाल निर्माण अब सत्तारूढ नेकपाका लागि पानीको फोका साबित भएको छ । प्रचण्ड, ओली, माधव नेपाललगायतका कालाकर्तुत अब ऐनामाझैँ छर्लङ्ग भएका छन् ।

आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहले सन् १८२५ मा नेपाल प्रवेश गरेका इसाई पादरीहरूलाई देशबाट धपाएपछि विसं २०४६अघिसम्म क्रिस्चियनहरूले नेपालमा धर्म परिवर्तनको दुस्साहस गर्न सकेका थिएनन् । नेपालको संविधान २०७२ मा धर्मनिरपेक्षता उल्लेख भएपनि दिन दुई गुना रात चौगुनाका दरले अहिलेसम्म क्रिश्चिन धर्म परिवर्तन गर्ने नेपालीहरूको सङ्ख्या ५५लाख पुगिसकेको हल्ला पिटाइएको छ । विश्वमा अहिले एक सय ५७ वटा इसाई, ५२ वटा मुस्लिम र अन्य १२ राष्ट्र छन् । कानुनीरूपमा धर्मनिरपेक्ष नभएसम्म विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल थियो । कुल जनसङ्ख्याको ८३ प्रतिशत नेपाली अहिले पनि ओम परिवारभित्र छन् । नेपाल सनातन हिन्दु राष्ट्र नै हुनुपर्छ भनेर केही नेपाली आन्दोलनरत पनि छन् । धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता भनेको धर्म परिवर्तनका लागि होइन । वर्तमान नेपालको कानुनले धर्म परिवर्तनको छूट दिएको छैन । धर्म परिवर्तन राष्ट्र विखण्डनको सूत्र हो भनिन्छ । क्रिस्चियन धर्म परिवर्तन अभियान र अन्तर्राष्ट्रिय जासुसीको जालो नतोडेसम्म स्वाधीन नेपाल र स्वाभिमानी नेपालीको मूल्य र मान्यताको संरक्षण हुन सक्दैन । कम्युनिस्ट आन्दोलन पनि विकसितरूपले अगाडि बढ्न सक्तैन । जिसस क्राइस्टकी छोरी हुँ भन्ने म्याडम मुन अध्यक्ष रहेको, संयुक्त राष्ट्रसङ्घमा दर्ता भएको युनिभर्सल पिस फेडेरेसन र युनिफिकेसन चर्च आयोजक, नेपाल सरकार सहआयोजक भई सम्पन्न भएको र एसिया प्यासिफिक समिट २०१८ नेपालको अहिले तीव्र आलोचना भइरहेको छ । शुद्ध धर्म प्रचार र कूटनीतिक जासुसी गर्ने भुनिभर्सल पिस फेडेरेसन युनिफिकेसन चर्चको विवादास्पद गतिविधि र सहआयोजक रहेको नेपाल सरकारका प्रधानमन्त्री एवम् संशोधनवादी–अवसरवादी कम्युनिस्ट पार्टीकारूपमा रहेको सरकारी नेकपाका अध्यक्ष केपी ओली, सम्मेलनको अध्यक्षता गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,उक्त सम्मेलनमा सहभागी रहेका सरकारका उच्चपदस्थ कर्मचारीहरूका विरुद्ध राष्ट्रवादी नेपालीहरू जागेका छन् । जुरुक्क उठेका छन् । सम्मेलनका नाममा गलत हर्कत हुन गएकाले सर्वत्र निन्दा र भत्र्सनाका साथै सडकमा विरोध¥याली भइरहेको छ । पिस एन्ड फेमिली फेस्टिबलको संज्ञा दिइएको उक्त सम्मेलनमा ४५ राष्ट्रका १५ सयजनाको सहभागिताथियो । म्यानमारकी नेत्री आङसाङ सुकी, कम्बोडियाका प्रधानमन्त्री, विभिन्न राष्ट्रका पूर्वप्रधानमन्त्री, सभामुख, राष्ट्रप्रमुखलगायतको सहभागिता रहेको थियो । विवादास्पद अन्तर्राष्ट्रिय सम्मेलनमा आएका पाहुनाहरूलाई ओली सरकारले सिङ्गो सरकारी संयन्त्रलाई दुरूपयोग गरी रातो कार्पेट बिच्छ्याएर स्वागत गरी दीर्घकालसम्म नेपाल र नेपालीहरूमा नकारात्मक प्रभाव पार्ने काम गरेको छ । यसलाई राष्ट्रिय अपराधभन्दा पनि दुई मत नहुन सक्छ । विदेशी माताको आशीर्वाद लिन प्रधानमन्त्रीलगायतले शिर निहु¥याउँदा राष्ट्रकै शिर निहुरिएको छ । केपी ओली आखिर के हुन् ? उनको औकात र हैसियत छर्लङ्ग भएको छ ।

अहिले सरकार र सरकारी पार्टी ठीक ढङ्गले चल्न नसक्दा यसले नेपाललाई नै असफल र कमजोर तथा नेपाली जनतालाई निरीह बनाइदिएको छ । विवादास्पद सम्मेलनले सिङ्गो राष्ट्रकै बदनामी गरेको छ । कूटनीतिक सम्बन्धहरूमा ठूलो आँच पुग्न गएको छ । उक्त सम्मेलनपछि भारत र चीन नेपालका दुई छिमेकीले गहिरो चिन्ता र चासो लिएका छन् । युनिफिकेसन चर्चका नेपाल एजेन्ट (दलाल) समेत रहेका परिवार दलका अध्यक्ष एकनाथ ढकालले निर्बाध, निसङ्कोच आफ्नो अभीष्ट पूरा गरे पनि केपी ओली एन्ड कम्पनीको भने ठूलो हार हुन पुगेको छ । राष्ट्रप्रति गरिएको यो अपराधको प्रायश्चित गर्छु भने पनि अब ओलीले पाउँदैनन् । अपराधको दण्ड निश्चित उनले पाउँछन् नै । केपी ओली अब खराब राजनीतिक प्रवृत्तिका पात्रकारूपमा चित्रित भइसकेका छन् । विदेशी दलाल र क्रिस्चियन दलाल अब कोको रहेछन् भनेर नेपाली जनतालाई उक्त सम्मेलनले पहिचान गर्न मौका दिएको छ । भ्रष्ट, दलाल र बेइमानहरूलाई सजिलैसँग पाखा लगाउन सकिने उपयुक्त वातावरण र अवसर मिल्दै गएको छ । उक्त सम्मेलनले शान्ति, प्रेम होइन, विवाद र द्वन्द्व जन्माएको छ । एउटा गलत अभ्यासको जति ढाकछोप गर्न खोजेपनि, जतिसुकै कुतर्क दिएपनि आखिर गलत गलत नै साबित हुन्छ ।

तथाकथित र विवादित उक्त सम्मेलनले कम्युनिस्ट नैतिकता र चरित्र हराएका ओली र प्रचण्डको राजनीति पतनको मात्रा प्रस्ट देखाइदिएको छ । गलत नेताहरूको अवसान हुनु पनि नेपाल र नेपालीका लागि विजय नै हो । सिङ्गो सरकारी संयन्त्रको दुरूपयोग गरी सम्पन्न भएको तीनदिने सम्मेलन अत्यधिक सफल भनी प्रधानमन्त्री ओलीले भन्नु मूर्खता हो । माक्र्सवादी र नास्तिक भनेर आफ्नै जननी आमाको काजकिरियासमेत नगर्ने ढोङ्गी कम्युनिस्ट माधव नेपालले विदेशी माताको आशीर्वाद लिई होली वाइन पिएकाले उनको घृणित नैतिकताको पर्दाफास हुन पुगेको छ । अबको लडाइँ नेपालीहरूले खराब प्रवृत्तिका सबै तथाकथित नेताहरूका विरुद्ध लड्नुपर्दछ । सबैखाले विदेशी दलालहरूलाईपाहालाई पछारेझैँ भुइँको दुर्गन्धित हिलोमा पछार्नुपर्छ । प्रधानमन्त्री ओलीले गैरजिम्मेवार, अपारदर्शी र अराजक काम गरेकाले अविलम्ब पदबाट राजीनामा दिनुपर्दछ । प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ । उनको प्रधानमन्त्री पदमा रहने हैसियतसमाप्त भएको छ ।

संशोधनवादी, अवसरवादी प्रतिक्रियावादी प्रतिक्रान्तिकारी कम्युनिस्ट जमातले नेपाल र नेपालीलाई कतिसम्म रहस्य र सास्तीमा राखेका रहेछन् भन्ने अब प्रमाणित भएको छ । भारतीयकरण, इसाईकरणका साथसाथै कम्युनिस्ट आन्दोलन समाप्त पार्ने ओली गुटको षड्यन्त्रबाट सबै देशभक्त नेपाली सर्तक हुनुपर्ने बेला आएको छ
युनिभर्सल पिस फेडेरेसनले सहभागी नेताहरूलाई घोप्टो पारेर रक्सी छर्कनु आधुनिक युगका लागि पागलपन होइन? क्रिस्चियन कार्यक्रममा सरकारी सहभागिता र लगानीले नेपालमा धार्मिक धुव्रीकरण उब्जाएको छ । सामाजिक रूपान्तरण र नयाँ नेपाल निर्माण भनेको इसाईकरण नै हो त? सिङ्गो देश लाई धार्मिक द्वन्द्वमा फसाएर उपलब्धि के हो त ?प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार पाउनु मात्र ठूलो उपलब्धि हो ? एकनाथ ढकालओलीको घोडा चढिसकेका छन् ।

२०७५ माघ ११ गते  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :