सरकार जनताको जनमतबाट होइन बिदेशीहरुको इसारामा चल्यो : पौडेल

 

गुल्मी र अर्घाखाँचीमा परिचालीत अभियान टोली

           नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार संगठन सदुढिकरण तथा बिस्तार अभियान देशैभरी तिव्र गतिमा अगाडि बढिरहेको छ । यसैबीच गुल्मी र अर्घाखाँचीको संयुक्तरुपमा चलिरहेको अभियान टोलीले अहिले गुल्मीमा विभिन्न खालका कार्यक्रमहरु गरिरहेको छ । अभियान अन्र्तगत बिहिबार गुल्मीको धुर्कोट गाँउपालिका बरकोटमा जनसभा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय तथा गुल्मी अर्घाखाँची अभियान टोली प्रमुख सन्देश पौडेलले नेपालमा भ्रष्टाचार, बलात्कार,घुसखोरी,तस्करी लगायतका घटनाहरु बढ्दै गएको भएपनि सरकार मौन बसेको बताए । दुईतिहाई बहुमतको सरकार नेपाली जनताको जनमतबाट नभई विदेशी दलालहरुको इशारामा चलेको भन्दै पौडेलले देश, राष्ट्र र समाजविरोधी गतिविधी गर्नेलाई जनताकाे सहयाेगमा आफ्नो पार्टीले कार्वाही गर्ने बताए ।
सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, अर्घाखाँची जिल्ला इन्चार्ज कमल के.सी, लुम्विनी व्युरो सदस्य सामना, सुनिल चौधरी, खेम खड्का, जनसरकार प्रमुख प्रशान्त बराल लगायत जिल्ला स्तरीय नेताहरुको पनि सहभागिता थियो । दुई महिनासम्म चल्ने अभियानमा नेकपाले जभेटघाट, अन्तरक्रिया कोणसभालाई लगायतका कार्यलाई निरन्तरता दिने जनाएको छ ।

२०७५ माघ ११ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :