चितवनका क्रान्तिकारी युवाहरु संगठीत

 

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठनले चितवन भरतपुर महानगरपालिकाको भेला सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भेलाले महेश श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय महानगर भेला आयोजक  समिति गठन गरेको छ । नेकपाका चितवन सेक्रेटरी ध्रुवको प्रमुख अतिथि रहेको सो भेलामा प्रेम, दुर्गा सुवेदी, किरण लगायत उपस्थिति थिए । कार्यक्रममा जिल्ला इन्चार्ज ध्रुवले दलाल संसदीय राज्यसत्ता ध्वस्त पार्नको लागि आम युवाहरु संगठित गर्न, जिल्लाका हरेक नगरहरुमा युवा संगठनका भेलाहरु सम्पन्न गर्न र आउदो स्ववियु निर्वाचनलाई सहगोग गर्न निद्रेशन दिए ।

२०७५ माघ ११ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :