युवाहरु विदेश पलायन हुनमा व्यवस्था जिम्मेवार छ : वीरजंग


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी  ब्युरो इन्चार्ज वीरजंगले बर्तमान दलाल संसदीय ब्यवस्था र त्यसका दलालहरुको कारण वीर गोर्खालीको पहिचान बोकेका नेपालका युवाहरु हजारौंको संख्यामा विदेशका गल्ली गल्लीमा पस्नुपरेको बताएका छन् । सरकारले युवाहरुलाई स्वदेशमै रोजगारी पाउने खालको बातावरण सिर्जना नगर्दा देशको अवस्था दिन प्रतिदिन अस्तब्यस्त र दयनीय बन्दै गएको बताए । आइतबार युवा संगठन नेपाल पाल्पाको दोस्रो जिल्ला भेलालाई सम्बोधन गर्दै नेता वीरजंगले यस्तो बताएका हुन् ।

 कार्यक्रममा प्रमुख अतिथि रहेका नेता वीरजंगले नेपाल कम्युनिस्ट पार्टीको युवा नीति र कार्यक्रमप्रति सचेत युवाहरुको आकर्षक बढिरहेको बताए । साथै आफ्नो पार्टीले अघि बढाइरहेको एकीकृत जनक्रान्ति मार्फत स्थापना हुने वैज्ञानिक समाजवादी ब्यवस्थाले मात्र युवाहरुका समस्या समाधान गर्ने बताए । क्रान्तिकारी युवाहरुले राष्ट्रियता, भ्रष्टचारी, देशद्रोही, कमिशनखोरी, बलत्कारी, हत्यारा, अपराधीहरुलाई कारबाही गर्दा उनीहरुलाई मुद्दा लगाउने गरको भन्दै विरोध गरे ।

 उक्त कार्यक्रममा युवा संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो संयोजक पृथ्वी, नेकपाका लुम्बिनी ब्यूरो सदस्य विस्वास, नेकपा पाल्पाका सेक्रेटरी भुवन जिसी, अखिल (क्रान्तीकारी) पाल्पाका अध्यक्ष मुक्ती गैरे, अखिल नेपाल शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढाथोकी मगर, अखिल नेपाल किसान महासंघ (क्रान्तीकारी)का जिल्ला संयोजक टोपराज बस्याल लगाएत उपस्थित थिए ।
        भेलाले नारायण केसीको नेतृत्वमा १९ सदस्य जिल्ला कार्य समिति निर्माण गरेको छ । नारायण जिसीको अध्यक्षतामा सम्पन्न भेलामा प्रेमबहादुर सारुले स्वागत मन्तव्य दिएका थिए भने जनक शाही सञ्चालन गरेका थिए ।

२०७५ माघ १० बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :