एनसेलको ७२ अर्ब कर छली विरुद्ध अखिल (क्रान्तिकारी)ले देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले एनसेलमा भएको भ्रष्टाचारको विरोद्धमा देशव्यपी विरोध प्रदर्शन गर्नेभएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिवालय बैठकले माघ ७ गते एनसेलमा भएको ७२ अर्ब कर छली विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो । बैठकले गरेका निर्णयहरु निम्नप्रकारका रहेका छन् ।

१) माघ १५ गते काठमाडौँ-उपत्यका, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र सिटीभिटीले संयुक्त विरोध प्रदर्शन गर्ने ।
२) माघ १७ गते, मेची क्षेत्रीय समन्वय समिति, राप्ती क्षेत्रीय समन्वय समिति, जनकपुर क्षेत्रीय समन्वय समिति र लुम्बिनी क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने ।
३) माघ १८ गते महाकाली क्षेत्रीय समन्वय समिति, पश्चिम ताम्सालिङ क्षेत्रीय समन्वय समिति र गण्डक क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने ।
४) माघ २१ गते पूर्वी ताम्सालिङ क्षेत्रीय समन्वय समिति, सेती क्षेत्रीय समन्वय समिति र धौलागीरी क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने ।
५) माग २३ गते भेरी क्षेत्रीय समन्वय समिति, सगरमाथा क्षेत्रीय समन्वय समिति, नारायणी क्षेत्रीय समन्वय समिति, कर्णाली क्षेत्रीय समन्वय समितिलगायतले विरोध प्रदर्शन गर्ने जानकारी अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले दिए ।

२०७५ माघ १० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :