कम्युनिस्ट दर्शन र क्रान्ति

मानिसका पाँचवटा ज्ञानेन्द्रिय : आँखा, कान, नाक, जिब्रो र छालाको माध्यमबाट वस्तुगत बाहिरी जगत्का असङ्ख्य घटनाहरूको प्रतिबिम्ब मानिसको मस्तिष्क (mind) मा पर्छ । ज्ञान ((knowledge) सुरुमा इन्द्रिय स्पन्दन (कम्पन) हुन्छ । धारणात्मक ज्ञान अर्थात् विचारहरूको स्थितिमा तब छलाङ मार्न सक्छ जब इन्द्रिय स्पन्दन ज्ञानलाई धेरै मात्रामा प्राप्त गरिसकेको हुन्छ । प्रायः ज्ञान प्राप्ति मात्र पदार्थबाट चेतनातर्फ जानु र फेरि चेतनाबाट पदार्थतिर फर्किने प्रक्रिया अर्थात् व्यवहारबाट ज्ञानतिर जाने र पुनः ज्ञानबाट व्यवहारतिर फर्किने प्रक्रियालाई बारम्बार दोहोरिनेबाट हुन्छ । यही नै माक्र्सवादको ज्ञान सिद्धान्त हो, द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त हो । जुनसुकै विज्ञानझैँ माक्र्सवादी दर्शनशास्त्रको पनि अनुसन्धानको आफ्नै विषयवस्तु छ । दर्शनशास्त्र एउटा प्राचीन विज्ञान हो । मानव इतिहासमा विभिन्न किसिमका ऐतिहासिक अवस्थाहरू र देशहरूमा विभिन्न प्रकारका सामाजिक वर्गहरू र दलहरूका प्रतिनिधिहरूले प्रतिपादित गरेका बहुसङ्ख्यक दार्सनिक प्रणालीहरू देखापरेका छन् । बहुरूपी दार्सनिक प्रणालीहरूको विवेचना र ती प्रणालीहरूको वैज्ञानिक मूल्याङ्कन कसरी गर्ने भन्दा दार्सनिक चिन्तनको इतिहासमा ती प्रणालीहरूमध्ये प्रत्येकको स्थान निर्धारण गर्ने भन्ने कुरा थाहा पाउनु जरुरी हुन्छ ।

मानिसको वरिपरि रहेको जगत्को ध्यानपूर्वक अध्ययन गर्ने हो भने यस जगत्का सबै वस्तु र घटनाहरू भौतिकवादी छन् भन्ने ठोकुवा गर्न सकिन्छ । जेजति कुराको वस्तुपरक रूपमा अर्थात् मानिसको चेतनाबाहिर र त्यसबाट स्वतन्त्र रूपमा अस्तित्व छ, ती सबै भौतिक घटना हुन् । जस्तै पृथ्वीको वस्तु र प्रक्रियाहरू ब्रह्माण्डका असङ्ख्य पिण्डहरू जेजति कुराको मानिसको चेतनामा अस्तित्व छ ती सबै उसको मानसिक क्रियाकलापको क्षेत्रभित्र पर्दछन् । वैचारिक–आत्मिक क्षेत्रअन्तर्गत पर्न आउँछन् । जस्तै विचार र भावना, चिन्तन दर्शनशास्त्रको दुई पक्ष पदार्थ र चेतनामध्ये आदि (प्रारम्भिक) तत्व कुन हो भन्दा पदार्थ आदि (प्रारम्भिक) तत्व हुन् । पदार्थले चेतनालाई जन्म दिएको हो भन्ने प्रश्नको समाधान पहिलो पक्षमा आउँछ । जगत् बोधगम्य छ । मानिसको बुद्धि विवेकले प्रकृतिको रहस्य बुझ्न र त्यसको विकासका नियमहरू पत्ता लगाउन सकिन्छ । पदार्थलाई आदि तत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको दार्सनिकहरू भौतिकवादसित सम्बन्धित छ । यसका अनुसार पदार्थ शाश्वत् छ अर्थात् कसैले पनि कहिल्यै पनि त्यसको सृष्टि गरेको होइन र जगत्मा कुनै पनि किसिमको अलौकिक अथवा परलौकिक शक्तिको अस्तित्व छैन तर चेतना भने पदार्थको ऐतिहासिक विकासको उपज हो । असाधारण रूपले जटिलतम भौतिक पिण्ड मानिसको मस्तिष्कको देन हो । भौतिकवादीहरू जगत् बोधगम्य छ भन्ने पुष्टि गर्छन् । जगत्का बारेमा मानिसको ज्ञान प्रामाणिक छ । मानिसको बुद्धिविवेकले वस्तुहरूको आन्तरिक स्वभाव थाहा पाउन सक्छ । तिनको सारतत्व बुझ्न सक्छ । भौतिकवाद त्यसको आधुनिक रूपमा माक्र्सवाद लेनिनवाद प्रगतिशील र वैज्ञानिक विश्व दृष्टिकोण हो । जगत्को सही चित्रण गर्दै वास्तविक रूपमा जगत् जस्तो छ त्यस्तै व्याख्या गर्ने भएकाले भौतिकवादले ज्ञिवानको विश्वासिलो सहयोगीको रूपमा काम गर्दछ र मानिसहरूको व्यवहारिक कार्यमा सघाउ पु¥याउँछ यसैको आधारमा नै भौतिकवादको उत्पत्ति र विकास भएको छ । धर्मसित भौतिकवादको कुनै सम्बन्ध हुँदैन । गतिशील पदार्थबाहेक अरू कुनै कुराको अस्तित्व नभएको जगत्मा ईश्वरको कुनै स्थान छैन । यो भ्रम, अन्धविश्वास, पाखण्ड नै हो । त्यसैले गर्दा धर्मका ठेकेदारहरू भौतिकवाद र विज्ञानको सुविधा प्राप्त गर्छन् र भौतिकवाद विज्ञानको खोइरो खन्दै पनि गर्छन् । जस्तो कि भौतिकवाद र विज्ञानबाट नै हवाइजहाजकार, फोन, कम्प्युटर निर्मित हुन्छ त्यसलाई पाखण्डीहरूले प्रयोग गर्दछन् तर त्यही भौतिकवाद विज्ञानलाई खोइरो खन्दै ईश्वर निर्मित भन्दै भ्रम अन्धविश्वासको सृजना गर्छन् । भौतिकवाद नै मानव जातिको प्रगतिको निम्ति चासो लिने र समाजको अर्थतन्त्र एवम् संस्कृतिको विकासका निम्ति अग्रसर रहने प्रगतिशील सामाजिक वर्गहरूको विश्व दृष्टिकोणका रूपमा छ ।

विज्ञानको परिभाषाबाट प्रकृति र पदार्थ नै प्रमुख हो । विज्ञानको विकास प्रकृति र प्रयोगशालाबाट नै भएको हो । मानौँ कि जमिनमा पानी पोखिन्छ । माटो, पानीको मिश्रण हुन्छ । पानीमा हाइड्रोजन, अक्सिजन हुन्छ । माटोमा जिङ्क, नाइट्रोजन, फस्फेट इत्यादि हुन्छ ।

यी सबै तत्व नै हुन् । यस तत्वको मिश्रण र प्रतिक्रियाबाट हरियो लयको उत्पत्ति हुन्छ । त्यस हरियो लयको विकासक्रमबाट त्यहाँ एककोशीय जीवदेखि बहुकोशीय जीवहरूको उत्पत्ति देखापर्छ । त्यही विकासको क्रममा नै जीवहरूको उत्पत्ति र मानव जातिको विकासबाट नै चेतनाको विकास भएको हो । वनस्पतिको विकास पनि त्यही क्रमबाट भएको छ ।

दासप्रथात्मक समाजमा प्रजातन्त्रवादी तत्वहरूले दासका स्वामीहरूको प्रतिक्रियावादी माथिल्लो तह कुलीन वर्गका विरुद्ध सङ्घर्षका लागि भौतिकवादकै प्रयोग गरेका थिए । पुँजीवादको स्थापना कालमा पनि भौतिकवादले सामन्तवाद तथा धर्मका विरुद्ध पुँजीजीवी वर्गको सङ्घर्षमा वैचारिक अस्त्रका रूपमा काम गरेको थियो । हाम्रो समयमा पनि भौतिकवाद साम्राज्यवादी प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध मानव जातिको प्रगतिशील हिस्साको सङ्घर्षको शक्तिशाली साधन बनेको छ ।

अध्यात्मवाद विज्ञानविरोधी छ किनभने त्यो धर्मसित सम्बन्धित छ । धर्मले जस्तै अध्यात्मवादले पनि जगत्लाई अवास्तविक र भ्रम, अन्धविश्वास, नकार, नास्तिकको घोषणा गर्दछ । लेनिनले अध्यात्मवादलाई सूक्ष्म रूपले धर्ममा आवरण लगाएर धर्मतिर डो¥याउने बाटो भन्नुभएको थियो । अध्यात्मवादले वैज्ञानिकताको पनि बर्को ओढेको हुन्छ र धर्मले जस्तो अन्धविश्वासको मात्र भरमा नपरीकन मानिसको बुद्धिविवेकमा नै आड लिन खोज्छन् ।

अध्यात्मत्मवादले प्रगतिशील सामाजिक शक्तिहरूका विरुद्ध समाजका प्रतिक्रियावादी शक्तिहरूको सङ्घर्षमा साथ दिनु स्वाभाविक छ । यसैले गर्दा पनि धर्मसित उसको निकटतम् सम्बन्ध हुन जान्छ । शोषकहरूले सदैव अध्यात्मवाद र धर्मलाई श्रमिकहरूको बौद्धिक दासत्वको साधनका रूपमा प्रयोग गर्दै आएका छन् । वर्तमान समयमा ऐतिहासिक रूपले बेकम्मा साबित भइसकेको बुर्जुवा पुँजीवादी संसदीय व्यवस्थाले पनि अध्यात्मवाद र धर्मलाई नै आफ्नो विश्वासिलो रक्षक तथा समर्थकका रूपमा पाएको छ । धर्मले परलोकमा स्वर्गीय जीवनको सुखभोगको आशामा झुन्ड्याएर यस लोकमा धैर्यधारण गर्ने र सहने उपदेश दिन्छ ।

श्रमिकहरूलाई महत्वपूर्ण सामाजिक समस्याहरूको समाधानबाट विचलित पार्दछ । शोसकका विरुद्ध शान्ति, प्रजातन्त्र तथा समाजवादका निमित्त सङ्घर्षबाट विमुख तुल्याउँछ । विज्ञान तथा प्रयोगको प्रत्येक क्षेत्रले आफ्ना बेग्लै पद्धतिहरू तयार पारेको हुन्छ जस्तै उजथकष्अक, अजझभकतथ, द्यष्ययिनथ वैज्ञानिक दर्शनशास्त्रले मानवताका विभिन्न वैज्ञानिक तथा व्यावहारिक उपलब्धिहरूको सामान्यीकरणका आधारमा बोधगम्यताको आफ्नो पद्धति तयार पारेको छ जसलाई भौतिकवादी द्वन्द्ववाद भन्छन् ।

भौतिकवादी द्वन्द्ववादभन्दा एकदमै विपरीत पद्धतिलाई अधिभौतिकवाद भन्ने नाम दिएको छ । वर्गसङ्घर्ष, वैज्ञानिक समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वलाई अस्वीकार गर्नु संशोधनवादीहरू पनि अधिभौतिकवादकै आड लिन्छन् । शोसकहरू तथा शोषितहरूको बीचमा शान्ति र समाजवादमा पुँजीवादको शान्तिपूर्ण ‘विकास’को भावनाको शिक्षा दिन्छन् । अर्धभौतिकवाद नै जडसूत्रवादको पनि सैद्धान्तिक आधार हो । जडसूत्रवाद पनि जगत्मा भैरहने गहन सामाजिक परिवर्तनलाई देख्न चाहँदैनन् र स्थायी रूपले परिवर्तन भइरहने ऐतिहासिक अवस्थाहरूलाई ध्यानमा नराखीकन वर्तमान युगका महत्वपूर्ण समस्याहरू हल गर्ने प्रयास गर्दछन् दैनिक जीवन विज्ञान तथा व्यवहारले द्वन्द्ववादको सत्यताको पुष्टि गर्दछन् । समाजको वर्तमान विकासले जोडदार रूपमा यसको जीवनदायी शक्तिको प्रदर्शन गरेको छ ।

माक्र्सवादी दर्शनले अस्तित्वप्रति चेतनाको सम्बन्धबारे मूल दार्शनिक प्रश्नको समाधान गर्नु नै माक्र्सवादी दर्शनको मुख्य विषयवस्तु हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो किनभने दर्शनशास्त्रको मूल प्रश्नको समाधान यसले पदार्थ अस्तित्वको प्रथम र चेतनाको द्वितीय स्थान स्वीकार गर्दछ । यस दर्शनले जगत्को भौतिकता र बोधगम्यतालाई मान्यता दिन्छ र जगत्लाई त्यस्तै रूपमा विचार गर्दछ । जस्तो त्यो वास्तवमा नै छ । माक्र्सवादी दर्शन द्वन्द्ववादी पनि हो किनभने त्यसले भौतिक जगत्लाई निरन्तर गतिशील विकासशील र नवीन रूपमा विचार गर्दछ । यथार्थमा पृथ्वी सूर्यको अक्षमा परिक्रमा गर्दछन् स्वयम् पृथ्वी पनि स्थिर छैन, चलायमान छन् भने पृथ्वीको वस्तु स्थिर कसरी रहन सक्छ ? पृथ्वीका वस्तुहरू पनि गतिशील नै छन् ।

विज्ञान र दर्शनशास्त्रलाई अलग्याउन सकिन्न भन्ने महान् रुसी विचारक गेर्चेनले दर्शनशास्त्रलाई रूखको मोटो प्रकाण्ड र विज्ञानलाई त्यसको हाँगासित तुलना गरेका थिए जसरी प्रकाण्ड तथा हाँगाहरू नभएको रूख हुन सक्दैन त्यसरी नै विज्ञान र दर्शनशास्त्रलाई पनि एक अर्कोबिना कल्पना नै गर्न सकिँदैन । हाँगाहरू काटेर फ्याँक्दा मुढो मात्र बाँकी रहन्छ भने प्रकाण्ड नै झिक्दा हाँगाहरू स्वतः नष्ट हुन्छन् ।’

माक्र्सवादी दर्शनको स्थिति र निष्कर्षहरूलाई घोकेर मात्र पुग्दैन । त्यसको सारतत्वलाई राम्रोसित बुझ्नुपर्दछ र त्यसलाई व्यवहारमा प्रयोग गर्नुपर्छ । माक्र्सवादमा प्रयोग हुने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, वर्गसङ्घर्ष, निषेधको निषेध, सर्वहारावर्गको अधिनायकत्व, अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक साम्यवाद हुन् । यस प्रयोगका विरुद्ध संशोधनवादी अवसरवादी प्रुँधो, लासालपन्थीहरू लागेका थिए ।

लेनिनवाद

लेनिनवाद नयाँ ऐतिहासिक युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको पुँजीवादबाट वैज्ञानिक समाजवादतर्फबाट र साम्यवादी समाजको निर्माणतर्फ सङ्क्रमणको युगको माक्र्सवादले माक्र्सवादी लेनिनवादी दर्शन नै ज्ञान प्राप्ति तथा वास्तविकताको व्याख्याको एक मात्र वैज्ञानिक सिद्धान्त तथा पद्धति हो । आफ्नो स्वभावले गर्दा जगत् भौतिकवादी चरित्रको छ र त्यसमा सबै कुरा निम्नस्तरबाट उच्चस्तरीयतिर, पुरानोबाट नयाँतिर अनिवार्य रूपमा परिवर्तित र विकसित हुँदै रहन्छ । यस दर्शनले जगत्को सही चित्र (आकार) प्रस्तुत गर्दछ । प्रकृति तथा समाजको विकासका सामान्य नियमहरूको उद्घाटन गर्छ । यो क्रान्ति कार्यको शक्तिशाली साधन हो । इतिहासको वस्तुगत रणनीति र कार्यनितिका आधारमा काम गर्छ । सामाजिक विकासका अन्तरद्वन्द्वहरूको गहिरो विश्लेषण हितअनुकूल पत्ता लगाउने निराकरण गर्ने क्षमता, महत्वपूर्ण सामाजिक समस्याहरूको समाधानमा निश्चित ऐतिहासिक दृष्टिकोण जीवनमा नयाँ कुरा देख्ने त्यसको आड लिने र त्यसको विजयको निमित्त प्रयास गर्ने निपुणता आदि भौतिकवादी द्वन्द्ववादबाट जहिले पनि माग गरिने महत्वपूर्ण कुराहरू हुन् । समाजको क्रान्तिकारी परिवर्तनको अतुलनीय रूपमा नै साहसिलो कार्यको सङ्गठन गर्दा कम्युनिस्ट पार्टीले यिनै कुराको आधार बनाउँछन् । यी आधारहरू नै बुर्जुवा पुँजीवाद, संशोधनवाद, जडसूत्रवाद, अन्धराष्ट्रवाद र सम्प्रदायवादका विरुद्ध सङ्घर्षमा सर्वहारा वर्गको सैद्धान्तिक अस्त्र हो ।

२०७५ माघ १० गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!