भ्रष्टाचारको विरुद्ध शसक्त संघर्ष गछौँ : पुन


सल्यान : नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी संचालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियान अन्तर्गत बिहिबार सल्यानको पेदीखोलामा जनसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान रुकुम अभियान टोलीका कमाण्डर चिरन पुनले आफनो पार्टीले भ्रष्टाचार र कालो बजारीका विरुद्ध शसक्त रुपमा संघर्ष गर्ने बताए । विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको उक्त सभामा नेता पुनले राज्यको दोहोरो शिक्षा नीतिको कारण विद्यार्थीहरुलाई भेदभाव गरिएको बताए । सभामा हजारौं जनता र विद्यार्थीहरुको सहभागीता थियो । कार्यक्रमको संचालन दैलेख जिल्ला इन्चार्ज तथा अभियान टोलीका सदस्य बिबेक गरेका थिए । सभामा युवा संगठन केन्द्रीय अध्यक्ष पाटन जंगली लगायत उपस्थित थिए ।

२०७५ माघ १० गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :