नेता-कार्यकर्ता पढाउदै नेपाल कम्युनिस्ट पार्टी

बुटवल :नेपाल कम्युनिस्ट पार्टीको लुम्बिनी व्युरो स्तरिय स्कूलिङ कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय स्कूलिङ विभागको आयोजनामा भएको स्कूलिङ कार्यक्रम ४ दिनसम्म चलेको थियो । माघ ६ देखि सुरु भएको कार्यक्रम ९ गते बुधवार सम्पन्न भएको हो ।
स्कूलिङ कार्यक्रमलाई समापन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य एवं केन्द्रीय स्कूलिङ विभागका सदस्य रणवीरले कम्युनिस्टहरु मिलेर बनेको पार्टी मात्र सच्चा कम्युनिस्ट पार्टी हुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको सङ्घर्षमा कार्यकर्ताहरु वैचारिक एवं भौतिक दुवै हिसावले उदात्त भावका साथ क्रान्तिमा समर्पित हुनुपर्ने बताए । नेता रणवीरले वैज्ञानिक समाजवाद मानव समुदायको उन्नत व्यवस्था हुने भन्दै दलाल पुँजीवादी व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिको पक्षमा जनतालाई एकीकृत गर्नुपर्ने बताए ।
कार्यक्रममा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्र, विज्ञान प्रविधि लगायत दर्जन बिषयहरु अध्ययन गराइएको थियो । स्कूलिङमा नेकपाका पोलिटव्युरो सदस्य एवं स्कुलिङ विभागका सदस्य गम्भीर, केन्द्रीय सदस्य धु्रव, स्कुलिङ विभागका सदस्य गति, स्कुलिङ विभाग लुम्बिनी व्युरो संयोजक सुमन नेपाली लगायतले अध्यापन गराएका थिए । कार्यक्रममा कपिलवस्तु, रुपन्देही, नवलपरासी र विशेष जिल्लाका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको कपिलवस्तु इन्चार्ज संगमले बताए । कार्यक्रममा कपिलवस्तु इन्चार्ज संगम, रुपन्देही इन्चार्ज शरदले बोलेका थिए भने शम्भु, कल्पना, लोकमान र निशानले अनुभूति मन्तव्य राखेका थिए ।
२०६५ माघ ९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :