क्रान्तिकारी युवाहरु सिमानामा काँडेतार लाउछन्, दलालहरु संसदमा लुछाचुँडि गर्छन्

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्र्र्तगत ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ को  नवाैं दिन इलामको लिम्दे जाल्पा माविमा सामना साँस्कृतिक परिवारको बेजोड प्रस्तुति सहित विशाल जनसभा सम्पन्न भएको छ । बुधबार भएको सभालाई सो पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुन र अभियानमा सहभागी कञ्चनपुर जिल्ला पार्टी इन्चार्ज अग्निले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै नेता पुनले भने –‘दलालहरु संसद भवनमा कुकुरले हड्डि लुछाचुडि गरेझैं गरिरहेका छन, तर जनता रोग, भोग र शोकले आक्रान्त छन्, साच्चै महान कम्युनिस्ट नेता लेनिनले भने झै संसदीय व्यवस्था भनेको खसिको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भने झै नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्था पनि त्यस्तै साबित भएको छ ।’ उनले बर्तमान संसदिय व्यवस्था नेपाली काङ्ग्रेसको राजनीतिक उद्देश्यमा आधारित दलाल पुँजीवादी व्यवस्था भएको भन्दै त्यसलाई चलाउने खेतालाकोरुपमा दलाल सामाजिक पुँजीवादी केपी–प्रचण्ड हाजिर भएपनि उनीहरुले पुँजीवादी व्यवस्था चलाउन नसकि असफल सावित भैसकेको दावी गरे । पुनले थप भने–‘मालिक बाहिर बसेर खेतालाले जिमिदार चलाउन दिदा मेसो पाउदैनन्, केपी र प्रचण्ड त्यस्तै भएका छन् ।’
      नेता पुनले अर्को प्रशंगमा भने ‘युवा विद्यार्थीले सिमानामा तारबार लगाउछन् । दलालहरु संसदमा लुछाचुडी गर्दछन, दलाल केपीको निर्देशनमा पुलिसले तारबार उखेलेर फाल्छ । जनताले निर्मला पन्तका हत्यारालाई कारबाही गर भनेर पोष्टर टाँस्छन् तर केपी ओलीले पुलीस लगाएर च्यात्दै बिजुलीको पोलमा आफ्ना आठ करोडका फोटा टाँस्छन् । यस्तै हुन्छ दलालहरुको राज्यमा ।’नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था रहन्छ तबसम्म देश र जनताले यस्ता समस्याको सामना गरिरहनु पर्ने भन्दै नेता पुनले देशबाट बौद्धिकहरु,श्रमिकहरु पलायन हुने क्रम नरोकिएसम्म बिकास र समृद्धि हासिल नहुने बताए । सबै प्रकारका समस्याहरुको समाधान गर्न नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा चलिरहेको एकीकृत जनक्रान्ति मार्फत स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्थाको लागि साथ दिन पुनले सबैलाई आग्रह गरे ।

       सभालाई सम्बोधन गर्दै नेकपाका अग्निले पूर्वको क्रान्तिलाई सहयोग गर्न आफु महाकालीबाट इलाम आएको र अब जनताले गाउँगाउँबाट फटाहा र दलाललाई लखट्नु पर्ने बताए । कार्यक्रममा स्थानीय जनता, बुद्धिजीवी र सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आरोह नेपाली गरेका थिए भने विमलले स्वागत मन्तव्य राखेका थिए ।

२०७५ माघ ९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :