सल्यानको थारमारेमा जनसभा

 

बुधबार सल्यानको थारमारेमा आयोजीत जनसभामा चिरन पुन, पाटन लगायतका नेताहरु

सल्यान : नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी संचालन गरिरहेको संंगठन सुदृढिकरण तथा विस्तार अभियान अन्तर्गत बुधबार सल्यानको थारमारेमा जनसभा सम्पन्न भएको छ । सभालाई नेकपाका केन्द्रीय सदस्य एवं रुकुम सल्यान अभियान टोलीका प्रमुख चिरन पुनले सम्बोधन गरेका थिए । जनसभाका अन्य अतिथिहरुमा नेकपा निकट युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली, सोही संगठनका राप्ती इन्चार्ज तिलक योगी , नेकपाका सल्यान इन्चार्ज विश्व लगायतले सम्बोधन गरेका थिए । जनसभालाई सम्बोधन गर्ने बक्ताहरुले नेकपाले संचालन गरेको अभियानको बारेमा स्पष्ट पार्दै उक्त अभियानमा साथ दिन जनतालाई अपिल गरे । टोपबहादुर ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरन बिबेकले गरेका थिए । रुकुम सल्यानमा परिचालीत अभियान  टाेलीको नेतृत्व गरिरहेका नेकपाका केन्द्रीय सदस्य चिरन पुनले सल्यानमा निकै चिसो वढिरहेको र हिउ परिरहेको अवस्थामा पनि जनसभामा जनताहरुको उत्साहजनक सहभागीता भएको प्रतिक्रिया दिएकाछन् ।

                                    सल्यानमा हिँउदे वर्षा पछि परेको हिँउमा अभियानकर्मीहरु

 

 २०७५ माघ ९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :