जनताका समस्याहरुको समाधान बैज्ञानिक समाजवादले मात्र गर्ने : नेता रवी

                नेपाल कम्युनिस्ट पार्टीका केन्द्र्रीय सदस्य रवीले नेपाली जनताका समस्याको समाधान दलाल संसदीय ब्यवस्थाले गर्न नसक्ने र बैज्ञानिक समाजवादले मात्र जनताका समस्याहरुको समाधान गरी जनतालाई अधिकार सम्पन्न बनाउने बताएका छन् । सोमबार काभ्रेको चौरीदेउराली गाउपालिकामा ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान २’ उद्घाटन गर्दै नेता रवीले आफनो पार्टीले बैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरिरहेको समेत बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे जिल्ला इन्चार्ज तथा युवा नेता शरद रसाइलीले गाँउगाउमा सिंहदरबार सँगसँगै भ्रस्टाचार, अनियमितता, बलात्कार समेत आएको भन्दै त्यस्ता भ्रष्टाचारी र दलालहरुलाई जंनताले गाँउगाँउबाट लखेटने बताएका छन् । अर्को प्रसङगमा नेता रसाइलीले दिन प्रतिदिन नेपालको सिमा मिचीरहदा समेत सरकार मौन बस्नु लज्जाको विषय भएको भन्दै यो देशको माटोका रक्षा आफनो पार्टीले मात्र गर्ने भएकोले देशको रक्षा गर्ने अभिययानमा सहभागी भई सहयोग गर्न जनतालाई अपिल गरे । अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता माणिक लामाले प्रचण्ड बाबुरामहरुले शहिदका सपनाहरु बेचेर खाएको भन्दै शहिदका सपना बेचेर खानेहरुलाई जनताले नछोडने चेतावनी दिए । उक्त कार्यक्रमको संचालन मजदुर संगठनका नेता विनोद थापाले गरेका थिए ।

२०७५ माघ ८ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :