सत्ताधारीहरु नै विदेशीको दलाल : नेता बुढामगर

 

 

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रिय जनसरकार प्रमुख सन्तोष वुढा मगरले अहिलेको सरकार कम्युनिस्टको नाममा कम्युनिस्टको खोल ओढेको सामाजिक दलाल पुँजिवादीहरुको सरकार भएको वताएका छन् । आफनो पार्टीले संचालन गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान उद्घाटन गर्न सोमबार स्याङ्जा पुगेका नेता बुढाले यस्तो बताएका हुन । उद्घाटन कार्यक्रममा प्रमुख अथिति रहेका बुढा मगरले विदेशी साम्राज्यवादले विभिन्न तरिकाले आक्रमण गरिराखेको यो अवस्थामा यहांका सत्ताधारी पार्टीहरु नै विदेशीको पिछ्लग्गु दलाल भएर लागेका कारण देशको अवस्था दयनिय भएको बताए । नाम मात्रको कम्युनिस्ट सरकारले जनताको काम गर्न नसक्ने भन्दै नेता बुढामगरले देशको एउटै सच्चा कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीमा गोलबन्द हुन सवैलाई आग्रह गरेका थिए । सोही कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य सितलले पार्टीले संचालन गरेको अभियानको ढांँचा र प्रकृयाका बारेमा स्पस्ट पारे । ब्युरो सदस्यहरु समर,अमर,गम्भिर र जगन लगायतले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

२०७५ माघ ७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :