केका लागि नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अग्रदस्ता हो । यो पार्टी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन, माक्र्सवाद–लेनिनवाद–माओवादी सिद्धान्त र देशमा नया“ जनवाद तथा वैज्ञानिक समाजवाद स्थापना गरी विश्वमा साम्यवादमा अगाडि बढ्ने नीतिबाट निर्देशित रहेको छ ।

साम्राज्यवाद र सर्वहारा क्रान्ति (वैज्ञानिक समाजवादी क्रान्ति) को आजको युगमा मूलतः चार प्रकारका आधारभूत अन्तरविरोधहरू विश्वमा देखापर्छन् । विभित्र साम्राज्यवादी मुलुकहरूका बीचको अन्तरविरोध, साम्राज्यवादी देशहरू र उत्पीडित राष्ट्र र जनताका बीचको अन्तरविरोध, साम्राज्यवादी देशहरूमा बुर्जुवा र सर्वहारा वर्गका बीचको अन्तरविरोध र साम्राज्यवादी पुँजीवादी वर्ग र विश्वका उत्पीडित जनसमुदायका बीचको अन्तरविरोध (यो अन्तरविरोध खासगरी इस्लामिक देश र त्यहाँका जनता र अन्य गरिब बनाइएका राष्ट्रियता र जनसमुदायका बीच साम्राज्यवादी युद्धहरूमा अभिव्यक्त हुने गरेको छ) (यो अन्तरविरोधलाई विगतमा साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताका बीचको अन्तरविरोधभित्रै बुझिन्थ्यो तर हाम्रो पार्टीले यसलाई इस्लामिक देश र त्यहाँका जनता र अन्य गरिब बनाइएका राष्ट्रियता र जनसमुदायका बीच साम्राज्यवादी युद्धहरूको स्थितिलाई हेरी छुट्टै अन्तरविरोधका रूपमा लिएको छ) रहेको छ । अन्य सबै अन्तरविरोधहरू जो यी आधारभूत अन्तरविरोधबाट पैदा भएका छन् वा त्यो आधारभूत अन्तरविरोधको धरातलबाट पैदा भएका छन् तिनको समाधान ती आधारभूत अन्तरविरोधको समाधानबाट मात्र हुनेछ । आधारभूत अन्तरविरोधहरूमध्ये भूमण्डलीकरण, उदारीकरण र निजीकरणको कारण र अत्यधिक केन्द्रीकरण, कर्पोरेसनको सिन्डिकेटको कारण जो भूमण्डलीकृत पुँजीको परिचालन, भूमण्डलीकृत श्रम बजारको अन्तरघुलन, सांस्कृतिक अन्तरघुलन र पुँजीवादी उत्पादन सम्बन्धमा आधारित भूमण्डलीकृत उत्पादन र वितरण संयन्त्रमा, साम्राज्यवादी पुँजीवादी वर्ग र विश्वका बृहत् जनसमुदायका बीचको अन्तरविरोध प्रधान हुन पुगेको छ । यी सबै अन्तरविरोधहरूको साझा उद्गम स्थान पुँजीवादी उत्पादन सम्बन्ध (सामाजिक उत्पादनप्रणाली र निजीगत वितरणप्रणाली) हो जसले अहिले साम्राज्यवादी पुँजीको उत्तरसाम्राज्यवादी पुँजीमा विकास गरेको छ र अहिलेसम्मको पुँजीको पछिल्लो चरणको विकासको कारण, अहिलेसम्मको सबैभन्दा पछिल्लो चरणमा भएको विकासको कारण प्रमुख अन्तरविरोध साम्राज्यवादी पुँजीवादी र विश्वका उत्पीडित जनताका बीचको अन्तरविरोधका रूपमा विकास गरेको छ ।

जबसम्म साम्राज्यवादले विश्वका देशहरूलाई एकअर्कासँग जोडेर विभाजित उत्पीडित गरिरहेको हुन्छ तबसम्म सर्वहारा वर्गका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रान्तिकारी लक्ष्य–उद्देश्यहरू हुन्छन् । नेपाल राष्ट्रको सन्दर्भमा आधारभूत आन्तरिक अन्तरविरोधहरू दलाल पुँजीवाद र बृहत् नेपाली जनताको अन्तरविरोध, सामन्तवाद र किसानबीचको अन्तरविरोध, दलाल पुँजीवादी र मजदुरहरूको बीचको अन्तरविरोध, राष्ट्रवादी र राष्ट्रघातीहरूका बीचको अन्तरविरोध र समग्रमा बुर्जुवा वर्ग र सर्वहारावर्गका बीचको अन्तरविरोधमध्ये दलाल पुँजीवादी वर्ग र बृहत् उत्पीडित नेपाली जनताका बीचको अन्तरविरोध घनीभूत भएको छ र प्रधान अन्तरविरोधका रूपमा खडा भएको छ । जसरी कम्युनिस्टको साझा प्रयत्न अन्तर्राष्ट्रिय कम्युनिस्ट मिसनको शाखाका रूपमा आफ्नो देशमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र गर्ने र विश्वलाई साम्यवादको दिशामा अघि बढाउने हुने गर्छ । नेपाल कम्युनिस्ट पार्टीले पनि नेपाली जनतालाई नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र गर्नका लागि नेतृत्व गरिरहेको छ । यो क्रान्ति अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिको एउटा अङ्ग हो जो कम्युनिस्ट अन्तर्राष्ट्रियतावादी नियमअनुसार नै अगाडि बढ्छ जसमा आफ्नो देशमा क्रान्ति सम्पत्र गर्ने र अरूलाई त्यही प्रयोजनका लागि, त्यही सङ्घर्षका लागि, मानिसबाट मानिसले उत्पीडन र दमनको हतकडी र नेलमा बा“धिनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा सहयोग गर्ने हुन्छ र यो अभियान लेनिनले भत्रुभएजस्तै वैचारिक, राजनीतिक र सबै प्रकारका सहयोगबाट ‘सम्पूर्ण दिलले समर्थन गर्ने’ हुन्छ । कम्युनिस्टको यो वैज्ञानिक विधि र तरिकाबाट नेपाल कम्युनिस्ट पार्टी नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र गर्ने र विश्वका जनताले साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवाद, सामन्तवाद र धार्मिक अतिवाद, अन्धराष्ट्रवाद, जातिवाद तथा विभित्र स्तरका नश्लवादलगायत हरेक प्रकारका प्रतिक्रियावादविरुद्ध र त्यसबाट स्वाधीनता र स्वतन्त्रता प्राप्त गर्न चलाइएका सङ्घर्षलाई समर्थन गर्छ र त्यसप्रकारका सङ्घर्षलाई कम्युनिस्टको क्रान्तिकारी वर्गसङ्घर्षमा विकास गरी ती देशहरूमा क्रान्ति र क्रान्तिहरूको प्रक्रियाबाट वैज्ञानिक समाजवाद स्थापना गराउन मद्दत गर्छ ।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–भट्टराईहरूको नवसंशोधनवाद, आत्मसमर्पणवाद र सिद्धान्त, व्यवहार र नीतिमा भएको विचलनका विरुद्ध भीषण दुई लाइन सङ्घर्ष र नेपालको नवउपनिवेशसहितको दलाल पुँजीवादी सत्ता र सामाजिक दलाल पुँजीवादी सरकारका विरुद्ध कठोर प्रकारको वर्गसङ्घर्ष (यद्यपि केही मान्यताहरू अझै बा“की छन्) गरी पैदा भएको नेपाली सर्वहारा वर्गको एउटा ध्रुवीकृत र एकीकृत, एउटा गम्भीर र जिम्मेवार, दूरदृष्टि भएको, सर्वहारा वर्गको हितका लागि जीवनदान गर्ने, माओवादी जनयुद्धमा भएको पीडादायी प्रतिक्रान्ति र तत्कालीन आत्मसमर्पणवादी माओवादी नेताहरू तथा क्रान्तिविरोधी संसद्वादी नेताहरूको धोकाधडीबाट बनेको खरानीबाट पैदा भएको अग्रदस्ता हो ।

नेपाली क्रान्तिकारी आन्दोलनमा देखापर्ने जडसूत्रीय संशोधनवाद (जो आवश्यकताअनुसारको क्रमभङ्ग र छलाङ लगाउन हिचकिचाउ“छ) का विरुद्ध सङ्घर्ष गर्दै नेपाल कम्युनिस्ट पार्टीले नया“ क्रान्तिकारी छाल पैदा गर्ने बाटोमा महत्वपूर्ण दस्ताबेजहरू पारित गरेको छ जो एकीकृत जनक्रान्तिको कार्यदिशा हो । सामान्यतया यो अहिलेको साम्राज्यवाद र उसका दलालहरूलाई परास्त गर्ने सैन्य कार्यदिशा हो ।

एउटा क्रान्तिकारी कार्यदिशाले जनतालाई कम्युनिस्ट बाटोमा हिँडाउनका लागि तत्कालीन समाज र जनता, उत्पीडक र उत्पीडित, दोस्ती र दुस्मन गरी क्रान्तिसँग जोडिएका धेरै महत्वपूर्ण सैद्धान्तिक–वैचारिक प्रश्नहरूको समाधान दिनुपर्छ जो मूलतः सही, वैज्ञानिक र वस्तुवादी तरिकाले विगतको सही समीक्षा, वर्तमानको सही विश्लेषण र भविष्यको वैज्ञानिक योजनामा अभिव्यक्त हुन आउँछ । यसो गर्दै नेपाल कम्युनिस्ट पार्टीले अहिलेको पुँजीको साम्राज्यवादी चरित्रलाई उत्तरसाम्राज्यवादको नामकरण गरेको छ । उत्तरसाम्राज्यवाद जो साम्राज्यवादको केन्द्रीकृत र उच्चतम चरण हो र अहिले अझै घनीभूत केन्द्रीकृत अभिव्यक्ति हो जो अहिले उत्पीडित राष्ट्र र जनतामाथि तथानाम आक्रमण गर्ने वास्तविक बाघ हो जसले अहिले विश्वको जुनकुनै कुनामा मानिसको रगत चुस्ने शक्तिशाली सैतानका रूपमा अपराध गर्दै आएको छ । त्यो अहिलेको अति परजीवी, अति एकाधिकार र अति केन्द्रीकृत भएको खास शैलीको पुँजी हो जसले (सबै चरित्रहरूलाई एकीकृत रूपमा) विभित्र समयका, विगतका र अहिलेका र विगत र अहिलेका फिचरहरूलाई, खासगरी अर्थतन्त्र, आर्थिक, अनुबन्धन, सिन्डिकेट, कार्टेल्स, कर्पोरेट समावेश गरेको हुन्छ जो भूमण्डलीकरण, उदारीकरण र निजीकरणभित्र र त्यसपछि, देखापर्दै आएको थियो र छ साथसाथै जुन विश्वमा आर्थिक मन्दी, जनताको तनाव, प्रतिक्रियावादी दमन र त्यसका विरुद्ध बृहत् जनसमुदायको भूमण्डलीय विद्रोहमा अभिव्यक्त भैरहेको हुन्छ । एकीकृत जनक्रान्तिको कार्यदिशाले विगतका क्रान्तिकारी अनुभवहरूलाई एकीकृत गर्दै, कम्युनिस्ट आन्दोलनमा र मानवजातिले प्रयोग गरेको समाजवादी समाजमा देखापरेका कतिपय कमजोरीहरूलाई हटाउ“दै सामान्यतया क्रान्तिको नया“ लहरको बाटोलाई खुला गर्छ ।

एकीकृत जनक्रान्तिको कार्यदिशाबाट उत्तरसाम्राज्यवाद भत्रु र त्यसको सैद्धान्तिक, दार्शनिक क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादी दर्शन, समाजवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादसम्बन्धी मान्यताहरूलाई स्थापित गर्न एउटा बहसको प्रक्रिया चलिरहेको छ । यसमा नेपालका केही रूढिवादग्रस्त समाजवादी बुद्धिजीवीहरू जसले आफूलाई मालेमावादी भएको दाबी पनि गर्छन्, तर्क गर्छन्– उत्तरसाम्राज्यवादले साम्राज्यवाद समाप्त भएको निष्कर्ष निकाल्छ र साम्राज्यवादको अस्तित्वलाई इन्कार गर्छ । परिणामस्वरूप उत्तरसाम्राज्यवादले साम्राज्यवादपछिको विश्वको कल्पना गर्दछ । यसप्रकारका मानिसहरू जो प्रचण्ड र भट्टराईको धोखाधडीबाट अत्यन्त तिल्मिलाएका छन् जो हरेक विषय र घटनाक्रमहरूलाई विभेदरहित रूपमा एउटै आ“खाले हेर्ने नकारात्मक प्रवृत्तिसहितको अराजकतावादी–आलोचनावादको दलदलमा डुबेका छन् र जसले समाजवादलाई अझ माथि उठाउन सम्बन्धित विषयको गम्भीरता र गहिराइलाई समात्न गरिनुपर्ने स्वस्थ प्रकारको आलोचना वा समालोचना गर्ने संस्कारको अन्त्येष्टि गरेका छन् । उनीहरूले पुँजीवादी साम्राज्यवादको भूमण्डलीकृत रूपमा केन्द्रीकृत भएको अर्को स्तरमा अति विकास भएको अहिलेको साम्राज्यवादको चरित्रलाई बुझ्न सक्दैनन् ।

उत्तरसाम्राज्यवादको एकीकृत चरित्रको कारण जस्तो कि यसले सबै प्रकारका प्रतिक्रियावादहरू ः सामन्तवाद, अहंकारवाद, धार्मिक पछौटेपना, नश्लवाद, आतङ्कवाद जो उत्पीडित जनतालाई शोषण गरेर आफ्नो लुटको सुनिश्चितता गर्नका लागि रक्षा गर्दै दलाल पुँजीवादको एकीकृत रूपमा संरक्षण गर्छ । कुनै पनि राष्ट्रवादी आन्दोलनकारी कुनै प्रगतिशील क्रान्ति अगाडि बढाउन सक्षम हुन सक्दैन र कुनै पनि देशमा यसप्रकारको पुँजीवादी वर्गको नेतृत्वमा प्रगतिशील दिशामा डो¥याउने क्रान्ति पनि सम्भव हुँदैन । धेरै मानिसहरू स्वर्गबाट स्वतन्त्रता प्राप्त हुने, धार्मिक अन्धविश्वास र व्यक्तिगत आत्मनिर्भरताबाट क्रान्ति झर्ने धारणाका सिकार बनेका छन् । जबसम्म कम्युनिस्टले विश्वभरका जनतासँग एकीकृत रूपमा सबै आन्दोलन र वर्गसङ्घर्षबीच सर्वहारा वर्गीय हातहरू मिलाउ“दैन, कुममा कुम जोड्दैन, कुनै पनि प्रकारको अन्धविश्वासबाट वा कुनै पनि प्रकारको अतिवादबाट साम्राज्यवादी उत्पीडनका विरुद्ध कुनै पनि प्रकारको समाधान निस्कन सक्दैन । जब उत्तरसाम्राज्यवादले कम्युनिस्ट आन्दोलनमा बारम्बार देखापर्ने, कम्युनिस्ट आन्दोलनको बाईप्रडक्ट वा मलमूत्रका रूपमा पैदा भइरहने संशोधनवाद, आत्मसमर्पणवाद, विसर्जनवादलगायत सबै प्रकारका प्रतिक्रियावादलाई अङ्कमाल गरेको हुन्छ, कम्युनिस्टहरूका लागि आज उनीहरूको वैचारिक हतियारहरूमा धेरैभन्दा धेरै सान लगाउनुपर्ने आवश्यकता बनेको छ । उनीहरूको राजनीतिक क्षमताको विस्तार गर्नुपर्ने आवश्यकता छ र उनीहरूको व्यावहारिक लचकतालाई अरू लचकदार बनाउनुपर्छ ।

यो वेबसाइट द सीसीएनडटओआरजी अङ्ग्रेजी भाषामा विश्वका जनतालाई कम्युनिस्ट क्रान्तिको पछि लामबद्ध हुन अपिल गर्ने, एउटा सङ्गठक, प्रचारक र आन्दोलनका रूपमा भूमिका निर्वाह गर्ने र पार्टीका बुझाइ र विचारहरूलाई विश्वका कुनाकुनामा पु¥याउने नेपाल कम्युनिस्ट पार्टीको एउटा मुखपत्र हो ताकि विश्वका जनता विश्वमा समाजवादी क्रान्तिको नया“ लहरको परिस्थिति बत्रेबित्तिकै त्यसलाई पकड्दै अघि बढ्न सक्ने क्षमता निर्माण गरून् र साम्यवादमा अगाडि बढ्नका लागि तयार होऊन् । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम), कोम्पोसा, डब्लूपीआरएमजस्तै अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी सङ्गठनहरूलाई पुनर्ताजगी गराउन चाहन्छ । नेपाल कम्युनिस्ट पार्टी विश्वका सबै जनतालाई सङ्गठित हुन, नेपालको क्रान्ति सफल पार्नका लागि सङ्गठित हुन र आन्दोलित हुन, र आआफ्नो देशमा क्रान्ति सम्पत्र गर्न, समाजवादलाई सार्थक बनाउन र साम्यवादको बाटोमा अघि बढ्न अग्रपङ्क्तिमा आओस् भत्रे चाहन्छ ।

२०७५ माघ ७ गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :