नेकपा मालेका केन्द्रीय सदस्य तथा पुराना नेता मङ्गल चौधरी नेकपामा प्रवेश

 दाङ : पुराना कम्युनिस्ट नेता मङ्गल चौधरीलाई पार्टी प्रवेश गराउँदै नेपाल कम्युनिस्ट पार्टी दाङमा सङ्गठन सुदृढ तथा विस्तार अभियान २ उद्घाटन गरिएको छ ।

दाङको घोराहीमा भएको सङ्गठन सुदृढ तथा विस्तार अभियान २ उद्घाटन तथा संयुक्त ज.व.स. भेलामा नेकपा मालेका केन्द्रीय सदस्य तथा पाका कम्युनिस्ट नेता मङ्गलप्रसाद चौधरीसहित १४ जना विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

२०३६ सालदेखि किसान आन्दोलन, कम्युनिस्ट आन्दोलनमा क्रियाशील मङ्गल चौधरीले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै सम्पूर्ण नेपालीहरूको मुक्तिका लागि यो पार्टीमा प्रवेश गरेको बताए ।

अरू कुनै पार्टीले नेपाली श्रमजीवी जनताको मुक्ति गर्न नसक्ने बताउँदै उनले सम्पूर्ण इमानदार कम्युनिस्टहरूलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न आह्वान गरे ।

सङ्गठन सुदृढ तथा विस्तार अभियान २ उद्घाटन तथा संयुक्त जनवर्गीय सङ्गठनहरूको भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज सविनले गाउँगाउँबाट कम्युनिस्ट धु्रवीकरण सुरु भइसकेको भन्दै सम्पूर्ण इमानदार व्यक्तिलाई यस धु्रवीकरण अभियानमा लामबद्ध हुन आग्रह गरे । सङ्गठन सुदृढ तथा विस्तार अभियान २ प्रत्येक गाउँघरसम्म पु¥याउन र दलाल एवम् भ्रष्टहरूका विरुद्ध सङ्घर्ष गर्न अपिल गरे । दलाल संसदीय व्यवस्थाले नेपाली जनतालाई शोषण गरिरहेकाले यसलाई जरैदेखि फाली सबैको मुक्ति हुने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नकै लागि आफ्नो पार्टी देशव्यापी अभियानमा लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :